‘कहो ना प्यार हे’ गीतकार इब्राहिमको निधन | Khabarhub Khabarhub

‘कहो ना प्यार हे’ गीतकार इब्राहिमको निधन


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– बलिउडका लोकप्रिय गीतकार इब्राहिम अश्कको ७० वर्षको उमेरमा कोरोना संक्रमणका कारण निधन भएको छ । उनको मुम्बईको सटेमीरा रोडस्थित मेडीकेटक मल्टीस्पेशियालिट अस्पतालमा निधन भएको हो । उनले फिल्म ‘कहो ना प्यार हे’को शीर्ष गीतलगायत धेरै फिल्ममा गीत लेखेका थिए ।

इब्राहिमलाई शनिबार एक्कासी ज्वरो आएपछि उनले रगत बमिट गरेका थिए । त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनी मुटुको रोगी पनि थिए । जसकारण उनलाई भेन्टिलेटरमा राखिएको थियो ।

उनको जन्म मध्यप्रदेशको मन्दसौर जिल्लामा भएको थियो । उनले बलिउडमा ‘कोई मिल गया’, ‘कृष’, ‘वेलकम’, ‘जानशीन’, ‘ब्ल्याक एण्ड ह्वाइट’, ‘आप मुझे अच्छे लगने लगे’ जस्ता फिल्ममा गीत लेखेका थिए । उनले आफ्नो करियरको सुरुवात पत्रकारको रुपमा गरेका थिए ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १२ : ०८ बजे

‘विपद् व्यवस्थापनमा स्थानीय तहबीच सहकार्य जरूरी’ 

पाटन – ललितपुर महानगरपालिकालगायत विभिन्न चार स्थानीय तहका प्रमुखहरूले विपद्

पूर्वी रफाहका मानवीय क्षेत्र तत्काल खाली गर्न इजराइलद्वारा सूचना जारी

काठमाडौं– देशका रक्षामन्त्रीको तीव्र कारबाहीको चेतावनीपछि इजराइली सेनाले पूर्वी रफाहका

मुस्ताङका च्याङ्ग्राको भुवा परीक्षण

म्याग्दी– मुस्ताङका कृषकले पालेका च्याङ्ग्राको भुवाको गुणस्तर परीक्षण गरिएको छ

जसपा विभाजन भएको छैन : प्रवक्ता सुमन

काठमाडौं– जसपा नेपालले दल विभाजनको अवस्था नरहेको बताएको छ ।

निर्वाचन आयोगमा दर्ता भयो अशोक राई नेतृत्वको जसपा

काठमाडौं – निर्वाचन आयोगले अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी