नेपाली शान्ति सैनिकले लेबनानमा बनाए पोखरी र सार्वजनिक उद्यान « Khabarhub

नेपाली शान्ति सैनिकले लेबनानमा बनाए पोखरी र सार्वजनिक उद्यान


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको आह्वानमा लेबनानमा शान्ति स्थापनाका लागि तैनाथ बर्दबहादुर गणले नेपाली सेनाको हालसम्मकै सबैभन्दा ठूलो लगानीमा कृषि पोखरी र सार्वजनिक उद्यान निर्माण गरी स्थानीय नगरपालिकालाई हस्तान्तरण गरेको छ ।

त्यहाँ तैनाथ मिसन प्रमुख र फोर्स कमान्डरको प्रतिनिधित्व गर्दै पूर्वी क्षेत्र इलाका कमाण्डर सहायक रथी रमोन अरमाडा भेजक्वोज, महासेनानी कमल बानियाँ र स्थानीय नगरपालिका प्रमुख हसन हिजाजीले  परियोजनाको संयुक्तरूपमा उद्घाटन गरेका हुन् । 

शान्ति मिसनको सबैभन्दा संवेदनशील नगरपालिकाका रूपमा रहेको स्थानीय तह र नागरिक समुदायसँग सम्बन्ध विस्तार गर्ने हेतुले परम्परागत कृषि पेसालाई टेवा पुर्‍याउन आर्थिक वर्ष २०७५/७६ का लागि उक्त परियोजना छनोट भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । 

कोभिड–१९ महामारीका कारण कार्यप्रारम्भ गर्न केही ढिलाइ भए पनि पूर्वविनियोजित बजेट ३१ हजार २००  अमेरिकी डलरकै लागतमा उक्त परियोजना पूरा गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा विभिन्न तहका जनप्रतिनिधि, युनिफिल मुख्यालयका स्टाफ, लेबनान सैनिक प्रतिनिधि र स्थानीय नगरवासीको सहभागिता रहेको सेनाले जानकारी दिएको छ । 

नेपाली शान्ति सैनिकले द्वन्द्वग्रस्त मुलुकहरुको अति संवेदनशील इलाकामा तैनाथ रही आफ्नो अपरेसनल जिम्मेवारीका अतिरिक्त  जनहित र सामुदायिक कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  ८ : ३० बजे

बझाङको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प

काठमाडौं– बझाङ जिल्लाको रायाल आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ

जल तथा मौसमको वैज्ञानिक अवलोकनले मात्रै सुरक्षित भविष्य सुनिश्चित गर्छ : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री अनिलकुमार सिन्हाले वैज्ञानिक अध्ययन, तथ्यांक

विपद् न्यूनीकरणमा समयमै मौसम पूर्वानुमान र सूचना अत्यन्तै महत्त्वपूर्ण : मन्त्री सिन्हा

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री अनिल कुमार सिन्हाले प्राकृतिक विपद्बाट

हेलिकप्टरमार्फत उद्धार गरिएकी सुत्केरी र नवजात शिशुको मृत्यु 

काठमाडौं– बाजुराको दुर्गम क्षेत्रबाट हेलिकप्टरमार्फत उद्धार गरिएकी एक सुत्केरी र

‘धुरन्धर २’को बक्स अफिसमा सुनामी, रिलिजको चार दिनमै साढे चार सय करोड व्यापार

काठमाडौं – बलिउड नायक रणवीर सिंह स्टारर फिल्म ‘धुरन्धर २’ले