भिभो भी२३ ईमा ५० मेगापिक्सेल एएफ पोर्ट्रेट सेल्फी, नेपालमा चाँडै सार्वजनिक हुँदै | Khabarhub Khabarhub

भिभो भी२३ ईमा ५० मेगापिक्सेल एएफ पोर्ट्रेट सेल्फी, नेपालमा चाँडै सार्वजनिक हुँदै


३ माघ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भिभोले आफ्नो भी २३ ई स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने भएको छ । लीकस्टरहरुको थुप्रै अफवाहपछि भिभोले अन्ततः सामाजिक सञ्जालमा कम्पनीले पहिलो पोस्टर सार्वजनिक गर्दै भी२३ई नेपालमा छिट्टै उपलब्ध हुने सुनिश्चित गरेको हो ।

भिभोको भी सिरिज स्मार्टफोन नेपालका उपभोक्ताले रुचाउँदै आएका छन् । अब्बल फोटोग्राफी, उत्कृष्ट डिजाइन होस् वा आश्चर्यजनक पर्फर्मेन्स सबै विधामा भिभोको भी सिरिज अपेक्षा गरेभन्दा उत्कृष्ट ठहरिँदै आएको छ ।

सञ्चारमाध्यममा आएका लीकहरु अनुसार आउँदै गरेको भी२३ई का विवरण यसप्रकार रहनेछन् :

यो डिभाइसमा स्टेलर क्यामरा आउन सक्नेछ । यसमा ५० मेगापिक्सेलकै अटो फोकस पोर्ट्रेट सेल्फी फिचर पनि रहने र यसमार्फत् उच्च गुणस्तरको सफा र स्पस्ट फोटो खिच्न सकिनेछ । यसैकारण यो स्मार्टफोन फोटो तथा भिडियोका रुपमा आफ्ना जीवनका अविस्मरणीय क्षणहरु कैद गर्न चाहने उपभोक्ताका लागि उत्कृष्ट विकल्प हुन सक्ने हाम्रो ठम्याई छ ।

भिभोले सामाजिक सञ्जाल ह्याण्डल तथा आफ्नो वेबसाइटमा सार्वजनिक गरेको टिजर फोटो अनुसार यो डिभाइस प्रयोगकर्ताका लागि हेर्दा आकर्षक देखिने तथा आनन्दित तुल्याउने ज्यादै पातलो अर्थात् अल्ट्रा स्लिम तथा आकर्षक रहेको देखिएको छ ।

हालसम्मका लीक अनुसार यो डिभाइस सबै प्रविधि–पारखी, फेशनेबल तथा फोटोग्राफीका शौखिन उपभोक्ताका लागि उत्कृष्ट विकल्प हुने छ । यो स्मार्टफोन नेपालमा जनवरी १८ का दिन सार्वजनिक हुनेछ।

भिभोले नेपालमा यो डिभाइस सार्वजनिक गर्नका लागि दराजसँग सहकार्य गरेको छ । यो डिभाइस जनवरी १६ देखि १९ भित्र अनलाइनमार्फत् प्रि–बुकिङ गर्न सकिनेछ ।

प्रकाशित मिति : ३ माघ २०७८, सोमबार  १० : ३६ बजे

कालीगण्डकी सडक अवरुद्ध

गुल्मी– पहिरोका कारण कालीगण्डकी सडक पूर्ण रुपमा अवरुद्ध भएको छ

पूर्वहरूमा जागेको जग हँसाउने जाँगर !

राजा महेन्द्रले आफ्ना विश्वासपात्र विष्णुमणि आचार्यलाई मन्त्रिमण्डलमा लैजान योग्य व्यक्तिको

सवारी दुर्घटनामा एक जनाको मृत्यु

उदयपुर– उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा

प्रदेश प्रमुख अस्वस्थ भएपछि बागमतीका नवनियुक्त मन्त्रीको शपथ कार्यक्रम स्थगित

हेटौँडा– बागमती प्रदेशका नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम स्थगित भएको

म्याग्दीका तीस ग्रामीण सडकको स्तरोन्नति

म्याग्दी– म्याग्दी जिल्ला पूर्वाधार विकास कार्यालयले आर्थिक वर्ष २०८१–०८२ मा