ब्राजिलमा बाढी पहिरोले ७१ जनाको मृत्यु | Khabarhub Khabarhub

ब्राजिलमा बाढी पहिरोले ७१ जनाको मृत्यु


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियो दि जेनेरियो- ब्राजिलमा बाढी र पहिरोमा परेर ७१ जनाको मृत्यु भएको छ। ब्रजिलको पेट्रापोलिस सहरमा गएको बाढी र पहिरोमा अन्य केही हराइरहेका छन्।

रियो दि जेनेरियोको उत्तरमा पहाडमा रहेको सहर अविरल वर्षाले प्रभावित भएको छ। बाढीले पहाडी क्षेत्रका घरहरू पुरिएका छन् भने पानीले सहरका सडकहरू जलमग्न बनेका छन्।

सो सहरका मेयरले आपतकाल घोषणा गरेका छन्। बाढीमा फँसेका मानिसहरको खोजी र उद्दार कार्य तीव्र पारिएको छ।

समाजिक सञ्जालमा अपलोड गरिएका भिडयोहरुमा बाढीले ठूलो क्षति पु–याएको र सवारी साधन सडकमा तैरिएको देख्न सकिन्छ। ‘मैले जीवितै पुरिएकी एक किशोरीलाई फेला पारे,’ एक स्थानीय वेन्डेल पिओ लउरेन्सले भने। बाढी पहिरोले प्रभावित क्षेत्र रणभूमि जस्तो बनेको उनले बताए।

रसिया भ्रमणमा रहेका राष्ट्रपति जैर बोल्सोनारेले पीडितलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराइने बताए। बाढीमा फसेका व्यक्तिको उद्दारका लागि सेना र विशेष समूह परिचालन गरिएको छ।

सबैभन्दा बढी प्रभावित क्षेत्रमा ८० घरमा पानी बगेर क्षति पुगेको अनुमान गरिएको छ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ६ : २८ बजे

नेपालविरुद्ध वेस्ट इन्डिज ए का चार्ल्सको शतक

काठमाडौं- वेस्ट इन्डिज ए का जोन्सन चार्ल्सले शतक बनाएका छन्

अफगानिस्तानको मस्जिदमा आक्रमण, सुरक्षाको अपिल

काबुल– अफगानिस्तानको हेरात प्रान्तका मंगलबार मस्जिदमा भएको आक्रमणमा एक महिला

वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत् खोज र खोप अभियान’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई

ग्रामीण सडक स्तरीय बनाउँदै गलकोट 

ढोरपाटन– बागलुङको मध्य भागमा पर्छ गलकोट नगरपालिका । समथर भू-भागदेखि

अमेरिकी विश्वविद्यालयहरुमा इजरायलविरोधी प्रदर्शन

काठमाडौं– अमेरिकी विश्वविद्यालयहरूमा प्यालेस्टाइन समर्थक प्रदर्शनको बीचमा कोलम्बिया विश्वविद्यालयमा तनाव