लमजुङका स्थानीय तह : ७ महिनामा ६६ प्रतिशत बजेट निकासा | Khabarhub Khabarhub

लमजुङका स्थानीय तह : ७ महिनामा ६६ प्रतिशत बजेट निकासा


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङका आठ स्थानीय तहका लागि सात महिनामा ६६ प्रतिशत रकम निकासा भएको छ । संघ सरकार र प्रदेश सरकार अन्तर्गत स्थानीय तहका लागि विनियोजित बजेटमध्ये चालु आर्थिक वर्षको सात महिनाको अर्बधीमा ६६ प्रतिशत रकम निकासा भइसकेको जनाएको हो । संघ र प्रदेश सरकारबाट स्थानीय तहका लागि विनियोजित समानिकरण अनुदान, सर्शत अनुदान, समपुरक अनुदान र विशेष अनुदानका लागि बजेट आएकोमा सबै मध्येबाट ६६ प्रतिशत निकासा भएको कोलेनिका लमजुङका प्रमुख भगवान उप्रेतीले बताए ।

उनका अनुसार चालु आर्थिक वर्षका लागि संघ सरकार र प्रदेश सरकारबाट जिल्लाका स्थानीय तहका लागि विनियोजित कुल बजेट तीन अर्ब ६ करोड ५९ लाख रुपैयाँमध्ये दुई अर्ब तीन करोड ७६ लाख ८९ हजार रुपैयाँ कोलेनिकाबाट निकासा भइसकेको हो । कार्यालय प्रमुख उप्रेतीका अनुसार जिल्लाका स्थानीय तहका लागि संघ सरकारबाट मात्रै दुई अर्ब ८९ करोड ५६ लाख ८९ हजार विनियोजन भएकोमा ५३ प्रतिशत अर्थात एक अर्र्ब ५३ करोड २४ लाख ५२ हजार रुपैयाँ निकासा भइसकेको छ । यसैगरी चालु आर्थिक वर्षमा प्रदेश सरकारमार्फत आएको १७ करोड दुई लाख ११ हजारमध्ये ४४ प्रतिशत अर्थात सात करोड ४२ लाख तीन हजार रुपैयाँ निकासा भएको कार्यालय प्रमुख उप्रेतीले बताए ।

प्रतिशतको आधारमा चालु आर्थिक वर्षको सात महिनाको अवधीमा जिल्लामा सबैभन्दा बढी दूधपोखरी गाउँपालिकाका लागि ५६ प्रतिशत रकम निकासा भएको छ । बजेटको आधारमा भने बेसीशहर नगरपालिकाका लागि २६ करोड ९२ लाख ९२ हजार रुपैयाँ अर्थात कुल बजेटको ५३ प्रतिशत निकासा भएको छ । जिल्लाका अन्य स्थानीय तहमध्ये मध्यनेपाल नगरपालिका र मस्र्याङदी गाउँपालिकाका लागि ५४ प्रतिशत रकम निकासा भएको छ । त्यसैगरी सुन्दरबजार नगरपालिका र क्होलासोंथार गाउँपालिकाका लागि ५३/५३ प्रतिशत रकम निकासा भएको छ भने राईनास नगरपालिकाका लागि ५० र दोर्दी गाउँपालिकाका लागि ४६ प्रतिशत रकम मात्रै निकासा भएको कोलेनिका लमजुङले जनाएको छ ।

विशेष अनुदानतर्फ जिल्लाको दूधपोखरीबाहेकका सात वटा स्थानीय तहका लागि मात्रै बजेट आएको थियो । सोमध्ये चार वटा स्थानीय तहले मात्रै केही रकम निकासा पाएका छन् । विशेष अनुदानको रकम निकासा पाउने स्थानीय तहहरुमा मध्यनेपाल नगरपालिका, क्होलासोथार, मस्र्याङदी र दोर्दी गाउँपालिका रहेको कोलेनिका लमजुङले जनाएको छ । समानिकरण अनुदानतर्फ मात्रै जिल्लाका स्थानीय तहका लागि ७२ प्रतिशत रकम निकासा भइसकेको छ । त्यसैगरी चालुतर्फको सशर्त अनुदानतर्फ ४९ प्रतिशत रकम निकासा भएको छ भने पुँजीजगत तर्फको सशर्त अनुदानतर्फ २४ प्रतिशत मात्रै निकासा भएको छ । त्यस्तै समपुरक अनुदानतर्फ २३ प्रतिशतमात्रै निकासा भएको छ भने विशेष अनुदानतर्फ १७ प्रतिशत मात्रै रकम निकासा भएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ६ : २७ बजे

ह*त्या गरेको अभियोगमा पक्राउ

ललितपुर- श्रीमतीको हत्या गरेको अभियोगमा ललितपुरबाट श्रीमान् पक्राउ परेका छन्

रविको पक्षमा २८ लाख हस्ताक्षर सङ्‍कलन, ठूला दलले चाँडै नतिजा भोग्ने स्वर्णिमको चुनौती

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले भ्रष्टहरूको फाइल

राजेन्द्र गौतमले भने- विद्याको राजनीतिमा पुनरागमन एमालेका लागि अस्वीकार्य

भक्तपुर– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का प्रचार विभाग प्रमुख राजेन्द्र

बालकुमारीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं– ललितपुरको बालकुमारीमा शनिबार भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु

आपराधिक लाभसम्बन्धी कसूरमा फरार पक्राउ

काठमाडौं- ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसूर मुद्दाका फरार