एमसीसीबारे सत्ता गठबन्धनका पाँच दलको धारणा के? | Khabarhub Khabarhub

एमसीसीबारे सत्ता गठबन्धनका पाँच दलको धारणा के?


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अमेरिकी सहयोग परियोजना (एमसीसी) अनुमोदनका लागि अमेरिकाले पछिल्लो पटक दिएको समयसीमा सकिन ११ दिन मात्र बाँकी छ।

विशेषगरी सत्ता गठबन्धनका पाँच दलमध्ये चार दल एकातिर सरकारको नेतृत्व गरेको नेपाली कांग्रेस अर्कोतिर एमसीसी संसदमा टेबल हुन सकेन । यद्यपि चार दलको धारणा भने एउटै छैन।

प्रधानमन्त्री शेरबहादुर देउवाले १६ फागुनभित्र संसदबाट एमसीसी पारित नगरिए अन्तर्राष्ट्रियस्तरमा देशको छवी बिग्रनसक्ने, दातृ निकायबाट प्राप्त हुँदै आएको अनुदान ऋणमा नेपाललाई हेर्ने नीति फेरिन सक्ने बताउँदै आएका छन्।

तर सत्ता साझेदार नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने अडानमा छ । जनता समाजवादी पार्टीका दुई अध्यक्ष दुईतिर छन् । राष्ट्रिय जनमोर्चा त सडक आन्दोलनमा छ ।

बुधबारको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबल गर्ने तयारी सरकारको थियो तर त्यसो गरिए सरकारबाट बाहिरिने र गठबन्धनमा नरहने माओवादीको निर्णयले सरकार पछि हट्यो । सहमतिका लागि भन्दै आज दिउँसो ३ बजे सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्दैछ।

नेपाली कांग्रेसको धारणा :

सत्तासीन नेपाली कांग्रेस एमसीसीमा स्पष्ट छ । यसअघि प्रतिपक्षमा छँदा पनि एमसीसीको पक्षमा रहेको कांग्रेसले यसअघिको प्रतिवद्धता अनुसार सम्झौता पारित गर्नुपर्ने अडान लिँदै आएको छ ।

हालै सम्पन्न कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पनि एमसीसी संसदमा टेबल गर्नुपर्ने निर्णय गरिसकेको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेका थिए । उनले कांग्रेस यो सम्झौताबाट ब्याक नहुने र आफूसँग अन्य विकल्प पनि रहेको बताइसकेका छन् ।

एमसीसी अस्वीकार गरेमा विश्व बैंक, अन्तर्राष्ट्रिय मुद्रा कोष लगायत दातृ निकायबाट प्राप्त हुने ऋण अनुदान पनि कटौती हुनसक्ने कांग्रेस नेताहरूको ठम्याइ छ । कांग्रेस नेताहरु पनि एमसीसीलाई चुनावी परीणामसँग हेर्न नहुने बताउँदै आएका छन् ।

माओवादी केन्द्र :

माओवादी अध्यक्ष प्रचण्डले आफू अहिले चौतर्फी घेराबन्दीमा परेको बताउन थालेका छन् ।

माओवादीभित्र देव गुरुङ, नारायणकाजी श्रेष्ठ पक्षधरहरू एमसीसीको तीव्र विरोधमा छन् । अर्काे धार पनि त्यति आक्रामक छैन । तर, अहिलेको अवस्थामा एमसीसीको पक्षमा लागे आगामी निर्वाचनमा असर गर्ने माओवादी केन्द्रका नेताहरूको बुझाइ छ । त्यही भएर चुनावपछि मात्र एमसीसीबारे निर्णय लिइनुपर्ने मत माओवादीमा छ ।

प्रचण्डले बुधबार प्रधानमन्त्री देउवासँगको छलफलमा अहिले मोरल्ली एमसीसीको पक्षमा आफ्नो पार्टी उभिन नसक्ने र नैतिकताका आधारमा सरकारबाट बाहिरिने बताएका थिए तर देउवाले भने बरु विपक्षमा मतदान गर्न तर सरकारबाट नबाहिरिन भनेका थिए ।

अघिल्ला सभामुख कृष्णबहादुर महराले पनि एमसीसी अगाडि बढाउन साथ दिएका थिएनन् भने हालका सभामुख अग्नि सापकोटा पनि राष्ट्रिय सहमति चाहिने बाहाना बनाइरहेका छन् । सभामुखको आलोचना प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीले गर्ने गरेका छन् । सरकारले अगाडि बढाएका बिजनेस सभामुखले रोक्न नमिल्ने उनी सार्वजनिक कार्यक्रममै बताउँदै आएका छन् ।

माओवादी केन्द्रका जनवर्गीय संगठनले त बुधबार एमसीसीविरुद्ध आन्दोलन नै गरे । नेता नारायणकाजी श्रेष्ठ पनि सडकमा उत्रिएका थिए ।

एकीकृत समाजवादी :

नेकपा (एकीकृत समाजवादी)का प्रवक्ता जगन्नाथ खतिवडा संशोधन बिना एमसीसी पारित नै नहुने बताउँछन् ।

एमसीसीको सवालमा माओवादी केन्द्र र एकीकृत समाजवादीका लाइन मिल्न जान्छ । एकीकृत समाजवादीका जनवर्गीय संगठन पनि मंगलबार प्रदर्शनमा उत्रिएका थिए ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले एमसीसी अगाडि बढाउन खोज्दा पार्टीभित्र (नेकपा)बाटै विरोध भएको थियो । उक्त विरोधपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा तत्कालीन परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेता भीम रावल सम्मिलित कार्यदल गठन गरेको थियो। जसमध्ये ज्ञवालीबाहेक अरु नेता एमसीसीको विपक्षमा छन् । रावल एमालेमा रहे पनि खनाल एकीकृत समाजवादीका वरिष्ठ नेता हुन् ।

जनता समाजवादी पार्टी :

‘पर्ख र हेरको नीति’ लिएको जसपामा पनि दुई लाइन छ । अध्यक्ष उपेन्द्र यादव माओवादी केन्द्र र एकीकृत समाजावादीको निर्णय कुरिरहेका छन् भने संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराई एमसीसी पारित गर्नुपर्ने पक्षमा छन् । भट्टराईले बुधबार राति ट्वीट गर्दै एमसीसीका पक्षधर र विरोधी एउटै सरकार/गठबन्धनमा बस्न नहुने बताइसकेका छन् ।

तर, अध्यक्ष यादव अहिले एमसीसीको पक्षमा उभिए निर्वाचनमा असर गर्न सक्ने भन्दै गठबन्धनका दलबाट पारित हुने निश्चित भएपछि मात्र निर्णय लिने पक्षमा छन् । सभामुख सापकोटाले मंगलबार बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख प्रतिपक्षी एमाले मात्र होइन, जसपा पनि अनुपस्थित थियो । यादव जनकपुरमा छन् ।

जनमोर्चा :

गठबन्धनमा रहे पनि सरकारमा नगएको राष्ट्रिय जनमोर्चा सुरुदेखि नै एमसीसीको विपक्षमा छ । अध्यक्ष चित्रबहादुर केसी एमसीसी राष्ट्रघाती रहेको बताउँदै आएका छन् । एमसीसीको विरोधमा बुधबार कम्युनिस्ट पार्टीहरूले गरेको नेपाल बन्दमा जनमोर्चा पनि सहभागी थियो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ९ : २७ बजे

साइबर अपराधको आरोपमा एक महिला पक्राउ

काठमाडौं – सामाजिक सञ्जालबाट चरित्र हत्या हुने अभिव्यक्तिहरू प्रसारण गरी

पाकिस्तानका शिक्षकले ८ महिनादेखि पाएनन् तलब

काठमाडौं – आठ महिनादेखि तलब नपाएको भन्दै पाकिस्तानको खैबर पख्तुनख्वाका

भारत र अस्ट्रेलियाका सेना पुणेमा संयुक्त सैन्य अभ्यास गर्दै

काठमाडौं – भारत र अस्ट्रेलियाले तेस्रो संस्करणको संयुक्त सैन्य अभ्यास

आजदेखि ऐतिहासिक नमोबुद्ध जात्रा

काभ्रेपलाञ्चोक – नमोबुद्ध नगरपालिका–११ स्थित ऐतिहासिक त्था पर्यटकीयस्थल नमोबुद्धमा आज

शान्तिश्री र नेत्रको स्वरमा ‘आधा मुटु’ सार्वजनिक (भिडियो)

काठमाडौं – अभिनेता सुशान्त कार्की र मोडल तथा अभिनेत्री गरिमा