बास्केटबलको क्वाटरफाइनलमा पुग्यो आर्मी « Khabarhub

बास्केटबलको क्वाटरफाइनलमा पुग्यो आर्मी


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विभागीय टोली नेपाल आर्मी लामा टेन्डी शेर्पा स्मृति खुला बास्केटबल प्रतियोगिताको पुरुष तर्फ क्वाटरफाइनलमा प्रवेश गरेको छ। एक खेल जित्दै आर्मी क्वाटरफाइनलमा पुग्न सफल भएको हो ।

समूह ‘बी’ को लिग खेलमा आर्मीले शंकरदेव क्याम्पसलाई ११३-५६ ले पराजित गर्‍यो । आर्मीका सौरव श्रेष्ठ र शंकरदेवका राजेश ठकुरीले समान १८ अंक जोडे । आर्मीको जितसंगै यो समूहमा रहेको अर्को टोली ड्रिम टिम पनि क्वाटरफाइनल पुगेको छ । ३ टिम रहेको समूह ‘बी’ मा यसअघि ड्रिमले शंकरदेवलाई हराएको थियो । आर्मी र शंकरदेवबीचको खेलले समूह विजेताको टुंगो लगाउने छ ।

सुरुवातमा २७-१० को अग्रता लिएको आर्मी दोस्रोमा २६–६ ले अगाडि रह्यो । आर्मीले अग्रतालाई कायम राख्दै तेस्रो र चौथोमा समान ३०-२० अंक जोड्यो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पुरुषकै अर्को प्रतिस्पर्धामा कीर्तिपुरले एचआइके भिजनलाई ७८-५९ ले हराउँदै लगातार दोस्रो जित दर्ता गर्‍यो । प्रतियोगिताको उद्घाटन खेलमा कीर्तिपुरले बीएमकेलाई हराएको थियो । कीर्तिपुरका लागि सुरज खड्गीले १७ स्कोर गर्दा एचआईकेका विजय लामाले १६ अंक बटुले ।

पहिलो क्वाटरमा २५-१३ ले अघि बढेको कीर्तिपुर दोस्रोमा ९-२० ले पछि रहँदा खेल ३३-३३ को बराबरी अवस्थामा पुगेको थियो । कीर्तिपुरले तेस्राेमा १९ र चौथोमा २५ अंक जोड्दा एचआईकेले दुवैमा समान १३ स्कोर गर्‍यो ।

नेपाल बास्केटबल संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला राउन्ड रोविन लिगमा ललितपुर हाइले कीर्तिपुरमाथि ९३-२८ को सहज जित निकाल्यो । ललितपुरकी एलिना गुरुङले १५ तथा कीर्तिपुरकी झरना वज्राचार्यले १८ स्कोर गरे ।

ललितपुर चारै क्वाटरमा हावी रह्यो । कीर्तिपुरले कुनैपनि क्वाटरमा दोहोरो अंकको स्कोर छुन सकेन । ललितपुरले ३०–९, १८–९, २१–६ र २४–४ अंक जोड्दै सहज जित निकाल्यो ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  १० : २८ बजे

ट्युसन पढ्न गएकी बालिकाको बलात्कारपछि हत्या : कारबाहीको माग

कर्णाली – गत शनिबार वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेत सहिद उद्यानस्थित जनजागरण

गोकुल बाँस्कोटाले नेकपा ‘कोल्याप्स’को कारण यसरी सम्झिए

काठमाडौं– नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री गोकुल बाँस्कोटाले पाँच

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल फागुन २८ गते बिहीबार चैत

आज २०८२ साल  गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २८ गते बिहीबार चैत