फेरिए खेलाडी, फेरियो आइपीएल « Khabarhub

फेरिए खेलाडी, फेरियो आइपीएल



काठमाडौँ – क्रिकेटको टी–ट्वान्टी शैली छोटो समयमा नै लोकप्रिय बन्यो। २० ओभरमा खेलिने यो शैली खेलाडि र खेल प्रेमीले मन पराए।

सन् २००७ मा भारतले आइसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधी जितेसँगै विश्वमा क्रिकेटको एउटा नयाँ अध्यायको सुरुवात भएको थियो ।
लगतै सन् २००७ मै नयाँ क्रिकेट फ्रेन्चाइज लिग इन्डियन प्रिमियर लिग आइपीएलको आरम्भ भयो । जसले विश्व क्रिकेटमा तहल्का मच्चायो । अहिले पनि विश्वकपकै हाराहारीमा आइपीएलको चर्चा हुने गर्दछ ।

आइपीएलको सुरुवातमा ८ टोलीको सहभागिता हुन्थ्यो । अहिले यो संख्या बढेर १० पुगेको छ । यस वर्षदेखि आइपीएलमा १० वटा टिम छन् । थपिएका टिममा लखनउ र अहमदावाद छन् ।

आइपीएल खेलाडीको लागि आफ्नो क्षमता देखाउने एउटा राम्रो प्लार्टफर्म हो । क्रिकेट खेलेरै करोडौँ कमाउने माध्यम पनि आइपीएल बनेको छ । विश्वभरिकै उत्कृष्ट खेलाडीलाई किनेर खेलाइने आइपीएलबाट खेलाडीले नाम र दाम उत्तिकै कमाउने गरेका छन् । त्यतिमात्रै होइन खेलाडीले राष्ट्रिय टिममा पर्ने र देशका लागि अझ धेरै खेल्ने अवसर समेत पाउँछन् ।

भारतीय खेलाडीसँगको तालमेलले विश्व क्रिकेटको विकासमा पनि आइपीएलले मद्दत पुर्‍याउँदै आएको छ । साथै उत्कृष्ट खेलाडीलाई आफ्नो टोलीमा जोड्नुको लागि ठुलो धनराशिको खर्च हुने गरेको छ ।

हरेक बोलकबोलपश्चात निर्माण हुने टोलीले आइपीएलको ट्रफीसम्मको यात्रा तय गर्छन् । आइपीएल २०२२ को बोलकबोलको समाप्तीले थप उत्साह, उमंग र आश्चर्य सम्पूर्ण क्रिकेट प्रेमीमा ल्याएको छ । कति उदाउँदै गरेका क्रिकेटर तिलक भर्माले स्थान पक्का गरेका छन् भने क्रिस गेल, सुरेश रैना, इयोन मोर्गन जस्टा भेट्रान खेलाडी ‘अन्सोल्ड’ छनौट भएका छन् । आइपीएलको एउटा अर्को विशेषता जस्प्रित बुम्राह र जोफ्रा आर्चरजस्तो धुवाँदार बलर एउटै टिम मुम्बईमा आबद्ध भएका छन् ।

इंग्ल्याण्डका टी–ट्वान्टी र एकदिवसीय टिमका कप्तान मोर्गन यस वर्षको बोलकबोलमा ‘अन्सोल्ड’ भए । जबकी उनले गएको वर्ष कोलकत्तालाई फाइनलमा पुर्‍याएका थिए । यस्तै अष्ट्रेलियालाई पहिलोपटक टी–ट्वान्टी विश्वकप जिताएक कप्तान आरोन फिन्च पनि बिक्न सकेनन् । इङल्याण्डका ओपनर डेविड मालन, दक्षिण अफ्रिकाको स्पिनर तबरेज शम्सी, नेपाली लेग स्पिनर सन्दीप लामिछाने र भारतका भेट्रान्स सुरेश रैना पनि बिकेनन् । यसले आइपीएलमा नयाँ तरंग ल्याएको छ ।

जबकी पन्जाब किंग्सले लियाम लिभिङस्टोनलाई ११ करोड ५० लाख भारतीय रुपैयाँमा खरिद गर्दा जोफ्रा आर्चरलाई मुम्बईले ८ करोड भारतीय रुपैंयामा किनेको छ ।

विश्वप्रसिद्ध विदेशी खेलाडी आइपीएलमा नपरे पनि स्वदेशी खेलाडीको मोल नै अत्यधिक बढेको देखिएको छ । १५औँ संस्करणको आइपीएलमा मुम्बई इन्डियन्सले इशान किशनलाई१५ करोड २५ लाख भारुमा किनेको छ । चिन्नेई सुपरकिङ्ग्सले दिपक चाहरलाई १४ करोड भारुमा टिममै राखेको छ । कोलकत्ताले श्रेयास आयरलाई १२ करोड २५ लाख रुपैयाँमा खरिद गरेको छ । उनी कोलकत्ताको कप्तान बन्ने चर्चा छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  १२ : ४४ बजे

काठमाडौं-४ मा ४ हजार ६१६ मतसहित रास्वपाका पुकार बमको अग्रता

काठमाडौं– काठमाडौं–४ मा जारी प्रतिनिधिसभाको मत गणनाको अहिलेसम्मको परिणाम अनुसार

झापा–५ : बालेन ओलीलाई ६ हजार मतान्तरले पछि पार्दै अग्र स्थानमा

झापा– झापा निर्वाचन क्षेत्र नं ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी

जुम्लामा राप्रपाका ज्ञानेन्द्रले अग्रता बनाउँदा रास्वपाकी बिनितालाई २ मत

काठमाडौं- एउटा मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जुम्लामा प्रारम्भिक नतिजा

स्याङ्जा–१ मा रास्वपा उम्मेदवार अगाडि, कांग्रेसले पछ्याउँदै

स्याङ्जा– प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत स्याङ्जा क्षेत्र नम्बर १ मा

चितवन–३ मा सोविता अगाडि, रेनु पछ्याउँदै

काठमाडौं-चितवन–३ मा प्रतिनिधिसभा निर्वाचनको मतगणना अनुसार सोविता अग्रस्थानमा छिन्। उनले