सबै वडामा मेलमिलाप केन्द्र « Khabarhub

सबै वडामा मेलमिलाप केन्द्र


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भादगाउँ–चाँगुनारायण नगरपालिकाका सबै वडामा मेलमिलाप केन्द्र स्थापना गरिएको छ । वडास्तरमा हुने विवाद वडास्तरमा समाधान गर्ने उद्देश्यले नगरपालिकाले मेलमिलाप केन्द्र बनाएको हो । यसले नगरपालिकालाई विवादरहित बनाउन र असल समाज निर्माण गर्न सहज हुने विश्वास लिइएको छ ।

न्यायिक समितिका संयोजक एवं नगर उपप्रमुख बीना बास्तोलाले भनिन् ,‘वडामा हुने विभिन्न खाले सामाजिक र विकास निर्माणका विवादलाई वडास्तरमा नै मेलमिलापको माध्यमद्वारा निरुपण गर्ने उद्देश्यले केन्द्रको स्थापना गरिएको हो ।’

नगरपालिकाले केन्द्रलाई सञ्चालन गर्न वडागतरुपमै मेलमिलाप सहजकर्तासमेत छनोट गरी आवश्यक तालिमसमेत प्रदान गरिसकेको छ । नगरपालिकाले ३७ मेलमिलापकर्तालाई मेलमिलापसम्बन्धी ४८ घण्टे आधारभूत तालिम प्रदान गरेको हो ।

केन्द्रले नगरपालिकाको न्यायिक समितिमा आउने निवेदनको पक्ष र विपक्ष दुवैको रोहवरमा मेलमिलाप सहजकर्ताले आवश्यक छलफल गरी मेलमिलापका माध्यमबाट समस्याको समाधान गरिने उपप्रमुख बास्तोलाले जानकारी दिए ।

‘कानूनबमोजिम मिलापत्र हुनसक्ने मुद्दाका सम्बन्धित पक्ष र विपक्षले आफैँले रोजेका मेलमिलापकर्ताको सहयोगमा विवादको सही, सरल र दिगो समाधान मेलमिलाप केन्द्रले गर्नेछ’, उनले भने, ‘यसले पक्षबीच समझदारी, सामाजिक भावनाको विकास हुनाका साथै दुवै पक्षले जितेको अनुभूति हुनेछ ।’

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  १ : ३० बजे

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर