हिउँदमा पनि माई नदीमा डुंगाकै भर « Khabarhub

हिउँदमा पनि माई नदीमा डुंगाकै भर


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा–हुलाकी राजमार्गअन्तर्गत गौरीगञ्ज र झापा गाउँपालिका जोड्ने माई नदीको पुल एक दशकदेखि अलपत्र छ । ३१ जे७ २०६८ मा चार वर्षभित्र सक्ने सर्तसहित पप्पु कन्स्ट्रक्सन र महादेव खिम्ती जेभीले ठेक्का लिएको माई पुल एक दशकदेखि अलपत्र अवस्थामा छ ।

हिउँदमा काम हुन्छ बर्खामा बनाएको पुलको केही भाग खोल र राखिँदै आएको छ । २०७२ जेठ मसान्तमा सक्ने गरी ३४ करोडमा ठेक्का लगाइएको छ । पुल ७ सय २४ मिटर लम्बाइको छ । पुल समयमा निर्माण नहुँदा बर्खामा डुंगा र हिउँदमा बाँसको पुलमा यात्रा गर्न बाध्य छन् स्थानीय । खोला तरेबापत पैसा तिर्नुपर्ने बाध्यता स्थानीयलाई छ । यो बाटो भएर दैनिक एक हजार बढी मानिस आवतजावत गर्दै आएका छन् ।

गत वर्षसम्म हिउँदमा बाँसको पुल लगाइने गरिएको थियो । स्थानीय ईश्वर माझी र उनका भाइ विपीन माझीले बर्खामा डुंगा र हिउँदमा बाँसको पुल लगाउँदै आएका छन् । यसपटक भने मध्यहिउँदमा पनि डुंगाकै भरमा नदी तर्नुपर्ने बाध्यता छ । जसकारण मोटरसाइलक आवतजावत गर्न निकै मुस्किल छ । डुंगमा चढाएर पार गर्दा दुई सय रुपैयाँसम्म लाग्ने गरेको छ ।

यसपटक हुलाकी राजमार्ग निर्माण गर्दै आएको निर्माण कम्पनी मोतिदानले नदी वारपारका लागि अस्थायी पुल निर्माण गर्ने बताएपछि ईश्वर र विपीनले यसपटक बाँसको पुल लगाएनन्, जसको मार स्थानीयले खेप्नु परेको छ । ‘पहिला त बाँसको पुल हुँदा धेरै सजिलो थियो । अहिले त हिउँदमा पनि डुंगाकै भरमा हिँड्नुपर्छ,’ सञ्जय राजवंशी भन्छन्, ‘बाँसको पुलमा भएको भए मोटरसाइकल पनि अलिक सहजै वारपार गर्न सकिन्थ्यो । डुंगामा त धेरै गाह्रो हुन्छ ।’

यसपटक सडक निर्माण कम्पनीले नदीमा अस्थायी पुल लगाउने भनेकाले आफूहरूले बाँसको पुल नलगाएको विपीन बताउँछन् । ‘बाटो बनाउनेले अस्थायी पुल लगाउँछु बाँसको पुल नलगाउनु भने । त्यही भएर यसपटक बाँसको पुल लगाइएन । तर, निर्माण कम्पनीले पनि अहिलेसम्म पुल लगाएको छैन,’ उनी भन्छन्, ‘नाउविना मान्छे र बाइक तार्न पनि सकिँदैन । नाउका लागि पानी कम हुँदा वारपार नाउ तार्न पनि समस्या छ । यसपटक साह्रै समस्या भयो ।’

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  २ : १५ बजे

यस्तो बन्दैछ जेन-जी शहीद स्मारक पार्क (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका

दुई तिहाइको रास्वपा सरकार र बालेनको काँधमा स्वास्थ्य सुधारको भार

काठमाडौँ – प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजा सार्वजनिक भएसँगै

पश्चिम एसिया सङ्कट : आपत्कालीन प्रतिकार्य टोलीको बैठक

काठमाडौँ– परराष्ट्रसचिव अमृतबहादुर राईको संयोजकत्वमा गठित आपत्कालीन प्रतिकार्य टोलीको दोस्रो

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक