नेपाली काँग्रेसको जिल्ला अधिवेशन फागुन १५ गते हुने « Khabarhub

नेपाली काँग्रेसको जिल्ला अधिवेशन फागुन १५ गते हुने


५ फाल्गुन २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली काँग्रेसको जिल्ला अधिवेशनको मिति दुई दिन पर सारिएको छ ।

फागुन १३ मा हुने भनिएको १६ जिल्लाको अधिवेशन अब फागुन १५ गते गर्ने निर्णय भएको हो । नेपाली काँग्रेसको १६ वटा जिल्लाको अधिवेशन गर्न बाँकी छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक र पार्टी नेतृत्वको आग्रहअनुसार १३ फागुनमा गर्ने तय भएको अधिवेशन १५ फागुनमा गर्ने निर्णय भएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।

नेपाली काँग्रेसका नेता स्वर्गीय महेन्द्रनारायण निधिको जन्मजयन्ती परेकाले केन्द्रीय कार्यसम्पादन समितिको आग्रहमा अधिवेशन दुई दिन धकेलिएको हो ।

क्रियाशील सदस्यताका विवादका कारण मधेश प्रदेशका आठ वटै जिल्लासहित चितवन, मकवानपुर, सिन्धुपाल्चोक, सिन्धुली, नवलपुर, बाँके, अछाम र कैलालीको अधिवेशन रोकिएको छ ।

त्यस्तै, १६ जिल्लाबाहेक निर्वाचन हुन बाँकी महासमिति सदस्य पदको निर्वाचन र जिल्ला कार्यसमिति मातहतका पालिका र वडा कार्यसमितिका बाँकी निर्वाचन पूर्वनिर्धारित मिति १० फागुनभित्रै हुने निर्णय भएको समितिले जनाएको छ ।

पार्टीको कुनै तहको अधिवेशनमा कार्यसमितिको पदाधिकारी वा सदस्य पदमा उम्मेदवार भई पराजित भएको व्यक्ति सोही अधिवेशन अवधिमा त्योभन्दा माथिल्लो वा तल्लो तहको कार्यसमितिको पदाधिकारी वा सदस्य पदको उम्मेदवार हुन नमिल्ने पनि समितिले निर्णय गरेको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७८, बिहीबार  ३ : ४४ बजे

सबैलाई शुभकामना, हामी आउँदैछौँ : बालेन

काठमाडौँ – काठमाडौँ महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आफूहरू आउँदै

कांग्रेस विशेष महाधिवेशनमा तन्नेरी आवाज : पार्टीमा अब नयाँ नेतृत्व

काठमाडौं- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पहिलो दिन भृकुटीमण्डपमा देशधरबाट

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

गगन र विश्वलाई योगेशको सलाम

काठमाडौँ– नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसको विशेष महाधिवेशन

कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६६२ प्रतिनिधि सहभागी

काठमाडौं – नेपाली कांग्रेस विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने प्रतिनिधिहरूको