खुट्टा गन्हाउँछ ? मोजाभित्र कागती हालेर सुत्नुहोस् « Khabarhub

खुट्टा गन्हाउँछ ? मोजाभित्र कागती हालेर सुत्नुहोस्


३ चैत्र २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

गर्मी लागेसँगै धेरै मानिसमा खुट्टा गन्हाउने समस्या हुन्छ । जुत्ता लगाएर धेरैबेरसम्म बसिरहँदा खुट्टा गनाउने समस्या झनै बढेर जान्छ । खुट्टा गन्हाउने समस्यामा कागतीको प्रयोग निकै लाभदायक मानिन्छ ।

राति सुत्नुअघि खुट्टामा मोजा लगाइ त्यसभित्र कागती राखेर सुत्दा खुट्टा गन्हाउने समस्याबाट छुटकारा मिल्छ । मोजाभित्र कागती राखेर सुत्दा हुने अन्य फाइदा यस्ता छन् ।

– खुट्टा सुख्खा हुँदैन
क्रिम, लोसन आदि लगाउनुका सट्टा मोजाभित्र कागती राखेर सुत्दा खुट्टा सुख्खा हुनबाट छुटकारा मिल्छ ।

– खुट्टाको दाग हटाउँछ
मोजाभित्र कागती राखेर सुत्दा खुट्टामा आउने विभिन्न किसिमका दाग हटेर जान्छ ।

– खुट्टाका मासुका डल्ला हराउँछ
राति सुत्नु अघि मोजाभित्र कागती राखेर सुत्दा यसले खुट्टामा आउने मासुका डल्ला पलाउने समस्याबाट छुटकारा मिल्छ ।

– पैताला नरम हुन्छ
कागतीको रसले पैतालाको सुख्खापन हटाउन मद्दत मिल्छ । त्यसैले पैतालालाई नरम राख्न कागती उपयोगी हुन्छ ।

कसरी गर्ने कागतीको प्रयोग ?
कागतीलाई दुईभागमा काट्ने । काटेको कागतीलाई पैतालामा दलेर बोक्रा सहितको कागतीलाई मोजाभित्रै राखेर सुत्नु फाइदाजनक हुन्छ । कागतीलाई मोजाभित्र कम्तीमा दुई घण्टा राख्नु राम्रो हुन्छ । यसरी कागती प्रयोग गरेको केही दिनभित्रै खुट्टा सफा र दागबाट मुक्ति मिल्छ ।

-एजेन्सीहरुको सहयोगमा

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहिबार  ९ : १२ बजे

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन