राष्ट्रिय एकतालाई सुदृढ बनाउन फागुपूर्णिमाले योगदान पुग्ने राष्ट्रपतिको विश्वास « Khabarhub

राष्ट्रिय एकतालाई सुदृढ बनाउन फागुपूर्णिमाले योगदान पुग्ने राष्ट्रपतिको विश्वास


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद्अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गरेकी छन् ।

फागुपूर्णिमाका अवसरमा आज दिएको शुभकामना सन्देशमा उनले होलीमा खेलिने विविध रङ जस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपमा विविधतापूर्ण रहेको उल्लेख गरेकी छन्।

राष्ट्रपतिले यही विविधताबीचको एकता नै हामी नेपालीको पहिचान र सामथ्र्य बनेको तथा त्यसले सम्पूर्ण नेपालीबीच आपसी प्रेम, सद्भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

वैदिक परम्परादेखि नै समाजमा असल र खराबबीच द्वन्द्व चल्दै आए तापनि सत्यको विजय नै अवश्यम्भावी हुने सार्वभौम सिद्धान्तलाई यस पर्वले प्रखररूपमा अभिव्यक्त गर्दछ, अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशियालीमा मनाइने सांस्कृतिक पर्व होलीले समाजमा विद्यमान दुष्प्रवृत्तिलाई पराजित गर्दै सत्य र न्यायका पक्षमा अविचलितरूपले क्रियाशील रहन प्रेरणा प्रदान गर्ने विश्वास पनि राष्ट्रपतिले सन्देशमा व्यक्त गरेको छन्।

‘हाम्रो संस्कृतिका असल पक्षलाई प्रवद्र्धन गर्न यसलाई मितव्ययी र विकृतिरहित राख्नुपर्छ । हरेक पर्वसँग गाँसिएको इतिहास, सभ्यता र पौराणिकताको गहिराइ आत्मसात् गर्न सकेमात्र हाम्रो अद्वितीय संस्कृतिको मौलिकता जोगाउन सकिन्छ । समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवं कुरीतिलाई निर्मूल गर्दै न्यायपूर्ण, सभ्य र सुसंस्कृत समाज निर्माण गर्न होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस्’, सन्देशमा राष्ट्रपतिले भनेकी छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ६ : १८ बजे

अलैँचीको निर्यात ६० प्रतिशतले बढ्यो

झापा – चालु आर्थिक वर्ष २०८२/०८३ को मङ्सिर मसान्तसम्ममा अलैँचीको

राजनीतिमा नयाँ र पुराना हैन, एजेण्डाको अर्थ हुन्छ : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले राजनीतिमा नयाँ र

काठमाडौंका यी स्थानमा काटिदैछ शनिबार बिजुली

काठमाडौं- नेपाल विद्युत् प्राधिकरणले आज राजधानी काठमाडौंका विभिन्न स्थानमा बिजुली

डडेलधुरामा जिप र अटो ठोक्किँदा एक जनाको मृत्यु

अमरगढी – डडेलधुरा जिल्लाको रामपुरमा अटो र जिप ठोक्किँदा एक

क्रिकेट प्रशिक्षक जगत टमाटा राखेप बोर्ड सदस्य नियुक्त

काठमाडौं – नेपाली क्रिकेटका प्रशिक्षक जगत टमाटा राष्ट्रिय खेलकुद परिषद्