नेपाल विद्युत प्राधिकरणको वितरणको स्वामित्व लिने काम अन्तिम चरणमा « Khabarhub

नेपाल विद्युत प्राधिकरणको वितरणको स्वामित्व लिने काम अन्तिम चरणमा


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – नेपाल विद्युत प्राधिकरणले लमजुङ विद्युत उपभोक्ता संस्थासँगको सम्झौता खारेज गरेसँगै विद्युत वितरणको स्वामित्व लिने काम अन्तिम चरणमा पुगेको छ ।

गत पुसमा मन्त्रीस्तरीय बैठकले लमजुङ विद्युत उपभोक्ता संस्थासँगको सम्झौता खारेज गर्ने निर्णय गरेसँगै प्राधिकरणले स्वामित्व लिने प्रक्रिया अघि बढाएको हो । विद्युत प्राधिकरण लमजुङ वितरण केन्द्रकी प्रमुख यमकुमारी गुरुङका अनुसार हाल उपभोक्ता संस्थाको चलअचल सम्पत्ति विवरण, कर्मचारी विवरण, ग्राहक विवरण, लेखा प्रतिवेदन लगायतका विवरण माग गरिएको छ ।

हालसम्म उपभोक्ता संस्थाको तर्फबाट भौतिक संरचनाबाहेक सबै प्रतिवेदन तथा विवरण आइसकेको वितरण केन्द्र प्रमुख गुरुङले बताइन् । विगत २५ वर्षदेखि समुदायस्तरबाट सञ्चालनमा रहेको लमजुङ विद्युत उपभोक्ता संस्थाको सम्झौता खारेज भएसँगै स्वामित्व लिनका लागि प्राधिकरणले कार्यदल गठन गरेको थियो । नेपाल विद्युत प्राधिकरण गण्डकी प्रदेश प्रमुखको संयोजकत्वमा गठित कार्यदलले स्वामित्व ग्रहणका लागि प्रक्रिया अघि बढाएको हो । उपभोक्ता संस्थाबाट प्राप्त विवरणलाई आवश्यक अध्ययन गरी विद्युत प्राधिकरणमा प्रतिवेदन बुझाउने र त्यस लगत्तै आवश्यक प्रक्रिया पूरा गरी स्वामित्व लिने वितरण केन्द्र प्रमुख गुरुङले बताइन् ।

विवरण आउने र प्रतिवेदन तयार गर्ने क्रम अन्तिम चरणमा पुगेकाले अब केही महिनाभित्रै विद्युत वितरणको काम प्राधिकरण मातहतमा हुने कार्यालय प्रमुख गुरुङको भनाई छ । मन्त्रालयको निर्देशनबमोजिम गत पुस २२ गते बसेको नेपाल विद्युत प्राधिकरणको बैठकले सामुदायिक ग्रामीण विद्युतीकरण विभागअन्तर्गतको लमजुङ विद्युत उपभोक्ता संस्थासँग भएको विद्युत वितरण सेवा सञ्चालन सम्झौता रद्द गरेको हो । हाल स्वामित्व हस्तान्तरण नहुँदासम्म मिटर रिडिङ गर्ने, महसुल उठाउने लगायतका काम विद्युत उपभोक्ता संस्थाबाट हुँदै आएको छ ।

२०५३ सालमा स्थापना भएको लमजुङ विद्युत उपभोक्ता संस्थाको ३१ हजार तीन सय ८७ ग्राहक रहेका छन् । उपभोक्ता संस्थाले प्राधिकरणमा बुझाएको विवरणअनुसार संस्थामा हाल ६० जना कर्मचारी कार्यरत छन् । उपभोक्ता संस्था सँगको सम्झौता खारेज भएसँगै अब जिल्लामा विद्युतविद्युत वितरण र महसुल उठाउने काम विद्युत प्राधिकरण, प्रादेशिक कार्यालय पोखरा मातहत लमजुङ वितरण केन्द्रले गर्ने भएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ८ : ०८ बजे

सरकारी सुविधा नलिने गुरुङको घोषणा, सांसद तलब जेन-जी आन्दोलनका घाइतेलाई खर्च गर्ने

ललितपुर– गोरखा क्षेत्र नम्बर १ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य

पाहाँचह्रे पर्वका अवसरमा पशुपति क्षेत्रको वत्सलेश्वरीमा मूलभट्टको पूजा

काठमाडौं– मुलुकमा शान्ति होस् भन्ने कामनाले पशुपति क्षेत्रमा गरिने वत्सलेश्वरी

लज्जास्पद हार भोगेको एमालेलाई प्रधानमन्त्रीको ढाडस : एकपल्ट हार्दैमा विचलित नहुनूस्

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की ले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न

गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान

गण्डकी– गण्डकी प्रदेशसभाको अधिवेशन आह्वान गरिएको छ । प्रदेश प्रमुख

गृहमन्त्री अर्यालसमक्ष यातायातसम्बन्धी आयोगको प्रतिवेदन पेस

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालसमक्ष यातायात क्षेत्रसम्बन्धी सर्वोच्च अदालतको आदेश तथा