कपालमा तेल र मुखमा क्रिम लगाएर होली खेल्नुपर्छ | Khabarhub Khabarhub

कपालमा तेल र मुखमा क्रिम लगाएर होली खेल्नुपर्छ

‘रंग जति गाढा हुन्छ, त्यति नै केमिकल मिसाइएको हुन्छ’



यस वर्षको होली धुमधामका साथ मनाइँदैछ । हर्ष र उल्लासको पर्वका रुपमा पनि होली मनाउने गरिन्छ । तर धेरै होली खेल्दा छालामा समस्या उत्पन्न हुने गर्छ । होली खेल्दा अपनाउनुपर्ने सावधानी र छालामा पर्न सक्ने असरका विषयमा खबरहबका लागि विना न्यौपानेले छालारोग विशेषज्ञ डा. सविना भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंशः

रंगहरुकै पर्व भनेर होली खेल्ने गरिन्छ । होली खेल्दा के–के सावधानी अपनाउनुपर्छ ?

हामीले सावधानी अपनाएर मात्र होली खेल्नु पर्छ । रगं लगाउनु भन्दा अगाडि कपालमा तेल लगाउने, मुखमा क्रिम लगाउने, नङमा नेलपोलिस लगाउने गर्नुपर्छ । रंग छान्दा विशेष ख्याल गर्नुपर्छ । जति गाढा रंगं हुन्छ, त्यसमा त्यति नै धेरै केमिकल मिसाइएको हुन्छ । यस्तो रगंको प्रयोग गर्नु अघि विशेष ख्याल राख्नुपर्छ ।

होली खेल्ने रंगमा मिसाइएको केमिकलले हाम्रो छाला र शरीरलाई कस्तो गर्न सक्छ ?

आज भोली बजारमा पाइने रंग टल्किने हुन्छन् । यस्ता रंगमा सिसा मिसाइएको हुन्छ । यसले सुरुमा छाला चिलाउन, पोल्ने, रातो हुने अलि लामो समयसम्म रह्यो भने छाला फुटेर निस्कने हुन्छ । रंग लगाए पछि सकेसम्म छिटो पखाल्नु पर्छ । जति धेरै राख्यो, त्यति असर गर्छ । माइल्ड सैम्फु र माइल्ड फेसवासले सफा गर्नुपर्छ । धेरै रगडेर पनि धुनुहुदैन । यसबाट पनि असर पर्छ । कसैको पहिलेबाट छालासबन्धी समस्या छ भने रंगले झन् बढ्न सक्छ ।

विशेष गरी कस्तो खालको रंगले धेरै असर गर्छ ?

टल्किने रंगमा स–साना सिसाको टुक्राहरु मिसाएको हुन्छ । सिलिकाको भएको रगं, झोल रंगमा कालो रंग, सिल्भर रंग धेरै असर गर्ने खालको हुन्छ । यी रंग हेर्दा र लगाउदा राम्रो भएपनि छालासँगै आखाँमा पनि असर गर्ने हुन्छ । यदि शरीरमा पहिलेदेखि घाउहरु छ भने त्यसबाट शरीरमा प्रवेश गरेपछि विभिन्न अंगमा असर गर्न सक्छ ।

सेन्सेटिभ स्कीन हुनेले के–के कुरामा ध्यान दिनु पर्छ ?

डन्डिफोर आउने स्कीन हुनेले वाटर वेस क्रिम लगाउनु पर्छ । सेन्सेटिभ स्कीन भएकाले प्राकृतिक रंग लगाउनु उपयुक्त हुन्छ । अहिले बजारमा बायोटेक भएका रगं पनि पाइन्छ । यस्ता रंगहरुले स्कीनमा त्यति असर गर्दैन ।

आँखा र कपालको लागी कसरी सावधानी अपनाउने ?

सकेसम्म कपालमा रंग पार्नु हँुदैन । यदि लगाउनु पर्ने भए लगाउनु भन्दा अघि कपालमा तेल हाल्नु पर्छ । रंग लगाएपछि माइल्ड सैम्फुले कपाल धुनुपर्छ । अाँखामा रंग परेको खण्डमा भने पटक पटक पानीले पखाल्नु पर्छ । आखा सुन्निएर रातो भयो भने डाक्टरको परामर्श लिनुपर्छ ।

रंग कति समयसम्म राख्दा कस्तो असर पर्छ ?

रंगमा कस्तो केमिकल हालेको हुन्छ, त्यो हामी अनुसन्धान गर्न सक्दैनौँ । टल्किने राम्रो देखिने रंगहरु सकेसम्म थोरै समयको लागी मात्र प्रयोग गनुपर्छ । सकेसम्म छिटो धुँदा कम असर गर्छ ।

एकपटक लगाएको सनब्लक क्रिमले कति समय सम्म काम गर्छ ?

एकपटक लगाएपछि एक दुई घण्टा मात्र काम गर्ने हो । अरु बेलामा पटक पटक लगाउन सकिन्छ । तर रंग लगाएको बेला त पटक–पटक सनब्लक लगाउन मिल्दैन । जसलाइ एलर्जी हुदैन । उसलाइ पाँचदेखि छ घण्टासम्म त्यति धैरै असर हुदैन ।

अरु रंगबाट जोगिने सावधानीका उपायहरु के–के छन् ?

असर देखापर्दा जे आफुसँग छ, त्यो क्रिम लगाउनुपर्छ । चिलाउने, सुन्निने, छाला रातो हुने समस्या देखा पर्दा कुनै क्रिमको प्रयोग गरेर कम गर्न सकिन्छ । यदि भएन भने उपचार गराइहाल्नु पर्छ । होलीको बेला मात्र नभएर हामीले अरु बेला पनि बिहान मुख धोइसकेपछि आफनो स्कीन अनुसारको क्रिम लगाउनु पर्छ । दिनभर लगाएको क्रिम वा धुलोधुवाँ बेलुका धोएर सुत्नाले पनि छालाको स्याहारमा सहयोग पुग्छ ।

प्रस्तुती : विपना थापा

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ९ : ३९ बजे

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु