कपालमा तेल र मुखमा क्रिम लगाएर होली खेल्नुपर्छ « Khabarhub

कपालमा तेल र मुखमा क्रिम लगाएर होली खेल्नुपर्छ

‘रंग जति गाढा हुन्छ, त्यति नै केमिकल मिसाइएको हुन्छ’



यस वर्षको होली धुमधामका साथ मनाइँदैछ । हर्ष र उल्लासको पर्वका रुपमा पनि होली मनाउने गरिन्छ । तर धेरै होली खेल्दा छालामा समस्या उत्पन्न हुने गर्छ । होली खेल्दा अपनाउनुपर्ने सावधानी र छालामा पर्न सक्ने असरका विषयमा खबरहबका लागि विना न्यौपानेले छालारोग विशेषज्ञ डा. सविना भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंशः

रंगहरुकै पर्व भनेर होली खेल्ने गरिन्छ । होली खेल्दा के–के सावधानी अपनाउनुपर्छ ?

हामीले सावधानी अपनाएर मात्र होली खेल्नु पर्छ । रगं लगाउनु भन्दा अगाडि कपालमा तेल लगाउने, मुखमा क्रिम लगाउने, नङमा नेलपोलिस लगाउने गर्नुपर्छ । रंग छान्दा विशेष ख्याल गर्नुपर्छ । जति गाढा रंगं हुन्छ, त्यसमा त्यति नै धेरै केमिकल मिसाइएको हुन्छ । यस्तो रगंको प्रयोग गर्नु अघि विशेष ख्याल राख्नुपर्छ ।

होली खेल्ने रंगमा मिसाइएको केमिकलले हाम्रो छाला र शरीरलाई कस्तो गर्न सक्छ ?

आज भोली बजारमा पाइने रंग टल्किने हुन्छन् । यस्ता रंगमा सिसा मिसाइएको हुन्छ । यसले सुरुमा छाला चिलाउन, पोल्ने, रातो हुने अलि लामो समयसम्म रह्यो भने छाला फुटेर निस्कने हुन्छ । रंग लगाए पछि सकेसम्म छिटो पखाल्नु पर्छ । जति धेरै राख्यो, त्यति असर गर्छ । माइल्ड सैम्फु र माइल्ड फेसवासले सफा गर्नुपर्छ । धेरै रगडेर पनि धुनुहुदैन । यसबाट पनि असर पर्छ । कसैको पहिलेबाट छालासबन्धी समस्या छ भने रंगले झन् बढ्न सक्छ ।

विशेष गरी कस्तो खालको रंगले धेरै असर गर्छ ?

टल्किने रंगमा स–साना सिसाको टुक्राहरु मिसाएको हुन्छ । सिलिकाको भएको रगं, झोल रंगमा कालो रंग, सिल्भर रंग धेरै असर गर्ने खालको हुन्छ । यी रंग हेर्दा र लगाउदा राम्रो भएपनि छालासँगै आखाँमा पनि असर गर्ने हुन्छ । यदि शरीरमा पहिलेदेखि घाउहरु छ भने त्यसबाट शरीरमा प्रवेश गरेपछि विभिन्न अंगमा असर गर्न सक्छ ।

सेन्सेटिभ स्कीन हुनेले के–के कुरामा ध्यान दिनु पर्छ ?

डन्डिफोर आउने स्कीन हुनेले वाटर वेस क्रिम लगाउनु पर्छ । सेन्सेटिभ स्कीन भएकाले प्राकृतिक रंग लगाउनु उपयुक्त हुन्छ । अहिले बजारमा बायोटेक भएका रगं पनि पाइन्छ । यस्ता रंगहरुले स्कीनमा त्यति असर गर्दैन ।

आँखा र कपालको लागी कसरी सावधानी अपनाउने ?

सकेसम्म कपालमा रंग पार्नु हँुदैन । यदि लगाउनु पर्ने भए लगाउनु भन्दा अघि कपालमा तेल हाल्नु पर्छ । रंग लगाएपछि माइल्ड सैम्फुले कपाल धुनुपर्छ । अाँखामा रंग परेको खण्डमा भने पटक पटक पानीले पखाल्नु पर्छ । आखा सुन्निएर रातो भयो भने डाक्टरको परामर्श लिनुपर्छ ।

रंग कति समयसम्म राख्दा कस्तो असर पर्छ ?

रंगमा कस्तो केमिकल हालेको हुन्छ, त्यो हामी अनुसन्धान गर्न सक्दैनौँ । टल्किने राम्रो देखिने रंगहरु सकेसम्म थोरै समयको लागी मात्र प्रयोग गनुपर्छ । सकेसम्म छिटो धुँदा कम असर गर्छ ।

एकपटक लगाएको सनब्लक क्रिमले कति समय सम्म काम गर्छ ?

एकपटक लगाएपछि एक दुई घण्टा मात्र काम गर्ने हो । अरु बेलामा पटक पटक लगाउन सकिन्छ । तर रंग लगाएको बेला त पटक–पटक सनब्लक लगाउन मिल्दैन । जसलाइ एलर्जी हुदैन । उसलाइ पाँचदेखि छ घण्टासम्म त्यति धैरै असर हुदैन ।

अरु रंगबाट जोगिने सावधानीका उपायहरु के–के छन् ?

असर देखापर्दा जे आफुसँग छ, त्यो क्रिम लगाउनुपर्छ । चिलाउने, सुन्निने, छाला रातो हुने समस्या देखा पर्दा कुनै क्रिमको प्रयोग गरेर कम गर्न सकिन्छ । यदि भएन भने उपचार गराइहाल्नु पर्छ । होलीको बेला मात्र नभएर हामीले अरु बेला पनि बिहान मुख धोइसकेपछि आफनो स्कीन अनुसारको क्रिम लगाउनु पर्छ । दिनभर लगाएको क्रिम वा धुलोधुवाँ बेलुका धोएर सुत्नाले पनि छालाको स्याहारमा सहयोग पुग्छ ।

प्रस्तुती : विपना थापा

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ९ : ३९ बजे

प्रतिनिधि सभा‍मा दुई विधेयक स्वीकृत

काठमाडौं– प्रतिनिधिसभा बैठकले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने

बर्ड फ्लु संक्रमण देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

काठमाडौं– राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत सञ्चालन भइरहेको सदर चिडियाखाना अनिश्चितकालका

राष्ट्रिय चलचित्र पुरस्कारमा ’ऊनको स्वीटर’को वर्चस्व, नीर शाह उत्कृष्ट अभिनेता

काठमाडौं – सरकारले हरेक वर्ष गर्दै आएको ’राष्ट्रिय चलचित्र पुरस्कार’को

रास्वपा महाधिवेशन : राप्रपा अध्यक्ष लिङ्देन सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष

गण्डकी प्रदेशसभा : बजेटको प्रभावकारी कार्यान्वयनमा जोड

गण्डकी– गण्डकी प्रदेशसभा सदस्यहरूले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४