नेपाली फिल्मका यी ७ होली गीत | Khabarhub Khabarhub

नेपाली फिल्मका यी ७ होली गीत


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सामाजिक सद्भाव र माधुर्यता झल्काउने होली पर्व फागुन शुल्क पूर्णिमाका दिन मनाइन्छ । फागु अर्थात् होली पर्व यसपटक उपत्यकामा बिहीबार र तराईमा शुक्रबार मनाइँदैछ । यसपर्वमा विभिन्न रंगलाई एकआपसमा सद्भावको प्रतिकका रुपमा लगाइने गरिन्छ ।

वसन्त ऋतुको आगमन र हेमन्त ऋतुलाई बिदाइ गर्ने यो पर्वमा होली गीतहरूमा रंगप्रेमी झुम्ने गरेका छन् । यो पर्वमा एक आपसको तिक्ततालाई हटाउँदै रंग छ्यापाछ्याप गरेर खुसी साटासाट गर्ने गरिन्छ । यसै पर्वलाई लक्षित गर्दै नेपाली फिल्ममा विभिन्न कालखण्डमा गीतहरु तयार भएका छन् । जसलाई रंगप्रेमीहरुले प्रत्येक वर्ष सम्झिने गरेका छन् । होलीमा आधारित नेपाली फिल्ममा समावेश केही गीतहरुको बारेमा हामी चर्चा गर्दैछौँ ।

१. वसन्ती : फागू हो ।।

होली आएपछि जताततै सुनिने नेपाली गीतमा पर्छ, ’फागु हो फागु’ । अभिनेता तथा निर्देशक नीर शाह निर्देशित फिल्म ’वसन्ती’मा समावेश यो गीत गुञ्जमान भएसँगै होली आएको आभाष हुन्छ । यो गीत बनेको लामो समय भइसकेको छ, यद्यपि यो गीत नसुन्ने प्राय: छैनन् ।

यो गीतकै लयमा होलीमा नाच्ने पुस्ता धेरै भैसके । हरेक वर्ष होलीको समयमा यो गीत ठुलो आवाजमा घन्किने गरेको छ । गीतको शब्द नीर शाह आफैँले लेखेका हुन् भने संगीत शम्भुजित बाँस्कोटाले गरेका हुन् । गीतमा निरुता सिंह, करिश्मा मानन्धरलगायतका कलाकारहरु फिचर्ड छन् ।

२. अधिकार : ‘होलीले रंगायो मेरो नयाँ चोली’

होलीमा ठुलो ठुलो आवाजमा घन्किने गीतमा पर्छ , होलीले रंगायो मेरो नयाँ चोली । अधिकार फिल्ममा समावेश यो गीतमा होलीकै प्रसंग छ । त्यसैले फागुपुर्णिमामा यो गीत प्रिय बन्ने गर्छ । प्रकाश थापा निर्देशित फिल्मको यस गीतमा संगीत शम्भुजित बाँस्कोटाले दिएका छन् । गीतमा शब्द किरण खरेलले कोरेका हुन् भने यसमा उदीत नारायण झा, दीपा नारायण झा, प्रकाश श्रेष्ठ, पुर्णिमा श्रेष्ठको स्वर रहेको छ । यस गीतमा राजेश हमाल, कृष्टी मैनाली, मिथिला शर्मा लगायतको अभिनय रहेको छ ।

३. सीता : जनकपुरमे होली हे

नेपाली फिल्मको गीतमा होलीलाई समावेश गर्ने गरिएको छ । तर , यो क्रम पहिला भन्दा अहिले घट्दो छ । तसर्थ नेपाली फिल्ममा समावेश सदाबहार होलीका गीतहरु छन् । गीतहरु दुइ दशक पुराना भएता पनि अझै पनि कर्णप्रिय छन् । यस्तै गीतमा पर्छ ,’जनकपुरमे होली हे’ । नेपाली फिल्म सितामा समावेश यस गीतमा सम्भुजित बाँस्कोटाले संगीत दिएका छन् । गीतमा अभिनेता श्रीकृष्ण श्रेष्ठ र सारङ्गा श्रेष्ठ फिचर्ड छन् ।  अशोक शर्माको निर्देशनमा तयार भएको फिल्म जनकपुर आसपासमै छायांकन गरिएको थियो।

४. संरक्षण : होरीमे गोरी

पुर्णेन्द्र झा निर्देशित फिल्म संरक्षणमा समावेश ’होरीमे गोरी’ बोलको होली गीत तराई क्षेत्रमा होलीको बेला निकै बज्ने गरेको छ । फिल्मको यस गीतले होली तराईमै मनाइ रहेको दृश्यलाई समेटेको छ । नेपाली फिल्म भएता पनि तराईमा होली सन्दर्भलाई कैद गरेकै कारण यसगीतमा शब्द भोजपुरीमा छ । गीतमा नेहा प्रियादर्सन र प्रवेश मल्लिकको आवाज, धिरेन्द्र प्रेमर्षीको शब्द र संगीत प्रवेश मल्लिकको रहेको छ । सौगात मल्ल , मलिना जोशी र अशिष्मा नकर्मी  गीतमा फिचर्ड छन् ।

५ . बटरफ्लाई : होली रे

फिल्म ’बटरफ्लाई’मा समावेश होली रे गीत पनि होलीको रमझममा बज्ने गीतमा पर्दछ । ओम प्रतीकको निर्देशनमा तयार भएको फिल्मको गीतमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आर्यन अधिकारी फिचर्ड छन् । गीतमा राजेश पायल राई र मान्डवी त्रिपाठीको स्वरछ । प्रमोद ढुंगानाको शब्द रचना रहेको गीतमा विकास चौधरीको संगीत छ ।

६. गाजलु : रंग रंगा

नेपाली फिल्म ’गाजलु’ मा समावेश होली गीतले पनि पछिल्लो समय रंगप्रेमीलाई नचाउने गरेको छ । ’रंगा रंगा’ बोलको गीतमा शब्द तथा संगीत दिएका छन् जैन जेले । यसमा शिवानी मोक्तानको स्वर रहेको छ । गीतमा फिल्मका कलाकारहरु अनमोल केसी , गौरव पहाडी , सृष्टी श्रेष्ठ , मेनुका प्रधान , सलोन बस्नेत लगायत फिचर्ड छन् । फिल्म हेमराज विसीको निर्देशनमा तयार भएको हो ।

७. फागु : आउ न आउ खेलौँ होली

फागु नै नाम राखेर पनि नेपाली फिल्म निर्माण भएको छ । हामीले होलीको चर्चा गरिरहदा यो भुल्ने कुरै भएन । अभिनेत्री करिश्मा मानन्धरको निर्माण तथा सम्झना उप्रेती रौनियारको निर्देशन रागेको फिल्ममा ’आउ न आउ खेलौँ होली’ गीत समावेश छ । गीतमा दयाराम पाण्डेको शब्द रहेको छ भने यसमा बसन्त सापकोटाले संगीत गरेका छन् । गीतमा मिना निरौला, मनोज महत्तो, रञ्जित कुमार सहानीको स्वर छ । होली गीतमा फिल्मका प्रमुख कलाकारहरु शिल्पा पोखरेल र सुवास पराजुली प्रस्तुत छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  १० : ४० बजे

महिलाका लागि लोकसेवाको निःशुल्क तयारी कक्षा

म्याग्दी – कक्षा १२ उत्तीर्ण गरेपछि अधिकांश महिला लाखौँ खर्च

एमसीसी प्रसारण लाइन निर्माण : मुआब्जा वितरण प्रक्रिया सुरु

तनहुँ– मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए नेपाल) मार्फत

अब सम्झनामा सिलाचीको भोकाएको आँखा र सेलिब्रेसन

राजधानी रोमको ओलम्पिक रङ्गशाला। दिन ९ जुन सन् १९९० को

मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी

चितवन– मुटुरोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन चितवनमा जारी छ । राष्ट्रिय

तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने

तनहुँ– तनहुँ, गोरखा र नवलपुरका विभिन्न स्थानीय तहमा आज विद्युत