एक्सन अवतारमा शाहरुखको 'पठान' लुक्स | Khabarhub Khabarhub

एक्सन अवतारमा शाहरुखको ‘पठान’ लुक्स


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – हलिउडमा मार्भल स्टुडियोको एभेन्जर्स र डिसीको जस्टिस लिगले पाएको सफलताले पनि सुपरहिरोहरु भनौँ वा स्टारलाई एकसाथ ल्याउँदाको फाइदा प्रस्ट्याइसकेको छ । बलिउडमा पनि पछिल्लो समय निर्देशक रोहित शेट्टीले ‘कप युनिभर्स’ निर्माण गरिरहेका छन् ।

उनको फिल्म सिंघम, सिम्बा र सूर्यवंशीलाई उनले एकसाथ फिल्ममा ल्याए । यी फिल्महरुको सफलता र दर्शक माझ क्रेज बढ्दो पाएको बलिउडको ठुलो कम्पनी यशराज फिल्म्सले पनि आफ्नो सफल स्पाइ क्यारेक्टरलाई लिएर ‘स्पाइ युनिभर्स’ क्रिएट गर्ने भएको छ । टाइगर सिरिज र वारको सफलतापछि यतिबेला यशराज फिल्म्सका आदित्य चोपडाले ‘पठान’ फिल्म निर्माण गरिरहेका छन् । सिद्धार्थ आनन्दको निर्देशनमा तयार भइरहेको फिल्ममा शाहरुख खान, जोन अब्राहम र दीपिका पादुकोण मुख्य भूमिकामा छन् ।

केही समय अगाडी मात्र डेट एनाउन्स गर्दा सार्वजनिक गरेको फिल्मको झलकले चर्चा पाइरहेकै बीचमा शाहरुखको ’पठान’लुक्स आउट भएको छ । डेट एनाउन्स गरिएको भिडियोमा समेत नदेखिएका शाहरुख स्पेन छायांकनको क्रममा क्यामराबाट बच्न सकेनन् । उनी समुन्द्र किनारको एक होटेलमा छन् । उनी होटेल बाहिर निस्किदा क्यामरामा कैद भएका हुन् ।

उनको सार्वजनिक पठान लुक्सले फ्यान माझ चर्चा पाइरहेको छ । छायांकनका लागि शाहरुखसँगै दीपिका पादुकोण र जोन अब्राहम पनि स्पेनमै छन् । फिल्मको यो सेड्युल १७ दिनको रहेको थियो ।

‘जिरो’को असफलतापछि पर्दामा नदेखिएका शाहरुख यसै फिल्म मार्फत पुनः एकपटक एक्सन अवतारमा प्रस्तुत हुँदैछन् । एक्सन थ्रिलर फिल्म ‘पठान’ लाई आउँदो वर्ष सन् २०२३ को जनवरी २५ मा हेर्न पाइनेछ। फिल्ममा सलमान खान पनि देखिनेछन् ।

उनी फिल्ममा टाइगर अर्थात् अविनास सिंह राठौरको भूमिकामा प्रस्तुत हुनेछन् । उनको ‘टाइगर’ अवतारलाई फिल्ममा सिद्धार्थले जोडेका छन् । पठानको कथाले ‘टाइगर ३’ मा निरन्तरता पाउने भएपछि शाहरुख र सलमानलाई एक्सन रोलमा हेर्न चाहने दर्शक निकै खुसी छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ११ : १५ बजे

सुरक्षित पर्यटनका लागि राज्यका तर्फबाट पहल हुन जरूरी : प्रचण्ड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल

योगेशको चुनौती- पोखरा र भैरहवा विमानस्थलमा मेरो हस्ताक्षरमा भएको निर्णयको प्रमाण देखाउनू

काठमाडौं- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले पोखरा र भैरहवा

शिक्षकलाई यातायात मजदूरको प्रश्न– भूइँमान्छेको पेटमा लात्ती किन हानेको ?

आन्दोलनको बीसौं दिन सधैँ झैँ शिक्षकहरू पुरै सडक अवरुद्ध गरेर

दानव खोलामा बेपत्तामध्ये एकको शव भेटियो, दुई अझै बेपत्ता

भैरहवा– रूपन्देहीको दानव नदीमा बेपत्ता तीन बालकमध्ये एकको शव भेटिएको

एनआरएनए एकता महाधिवेशनको तयारी तीव्र

काठमाडौं– एनआरएनए उच्चस्तरीय समितिले वैशाख २० गतेदेखि काठमाडौंमा हुने गैर