राजनीति

आगामी निर्वाचन कम्युनिष्टले छरेको भ्रमलाई जनतामाझ उजागर गर्नुपर्छ : महत

By खबरहब

March 17, 2022

काठमाडौँ- नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले आगामी निर्वाचन कम्युनिष्टले छरेको भ्रमलाई जनतामाझ उजागर गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौँमा आयोजित प्रशिक्षणका कार्यक्रममा महतले यसअघि कम्युनिष्ट सरकारले गरेको झुटो प्रचारलाई कांग्रेसले आगामी निर्वाचनमा जनता माझ उर्जागर गर्नुपर्ने बताएका हुन् ।

महतले यसअघि कांग्रेसलाई पराजित गर्न कांग्रेसकै केहि व्यक्तिहरु लागेको भन्दै अब कांग्रेसले आफ्नो पार्टीको नभई कम्युनिष्टको कुरा काट्नुपर्ने धारणा राखे।

त्यस्तै उनले एमसीसी मुलुकको हितमा नै रहेको तर केहि दलले सत्ता संघर्षको मोहरा बनाएको आरोप लगाए। मुलुकको विकासका लागि एमसीसी जस्तो अन्य सहायता आवश्यक रहेको उनको भनाइ छ ।

उनले जनता माझ सहि सुचना र एजेण्डा स्थापित गर्न सके कांग्रेसको उत्कृष्ट जीत निश्चित हुने उल्लेख गरे।