ग्रहणमा सारुक : पोजेसिभ ब्वाईफ्रेन्ड (फोटो फिचर) | Khabarhub Khabarhub

ग्रहणमा सारुक : पोजेसिभ ब्वाईफ्रेन्ड (फोटो फिचर)


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली फिल्मका अभिनेता सारुक ताम्राकार फिल्म ‘ग्रहण’ को तयारीमा छन् ।

केही दिन अगाडि मात्र सिक्किम पुगेर फिल्मको घोषणा गरेपछि छायांकनको तयारीमा निर्माण टिम रहेको छ ।

राजीव गुरुङको निर्माण तथा निर्देशन रहने फिल्म ग्रहण छायांकनमा जान तयार छ । फिल्म घोषणा कार्यक्रममा आउँदो महिना मेबाट छायांकन गर्न सकिने जनाइएको थियो । यद्यपि फिल्मको छायांकन हुने डेट तय छैन । फिल्ममा ‘सानो संसारु रिलिज भएको १४ वर्ष पश्चात विनय श्रेष्ठ र नम्रता श्रेष्ठले स्क्रिन शेयर गर्दैछन् । यो जोडीसँग टिममा रहेर काम गर्न पाउँदा आफू निकै उत्साहित रहेको सारुकले बताए ।

No description available.

‘उहाँहरुसँग काम गर्ने भएपछि केही सिक्न समेत पाएको छ’ । टिमवर्क भएर सल्लाह गरेर आफ्नो क्यारेक्टरलाई राम्रो बनाउन लाग्छौँ’ उनले भने । उनले आफ्नो क्यारेक्टरको बारेमा धेरै बोल्न नमिल्ने बताउँदै प्रोटागोनिस्टको ब्वाईफ्रेन्डको भूमिका रहेको बताए ।’हरेक कुरालाई बुझ्ने उसको छुटै शैली छ । उ शंकालु छ । यस्तै छ सारुकले आफ्नो क्यारेक्टरको बारेमा बताए ।

No description available.

थ्रीलर ड्रामा जनरमा फिल्म बन्ने भएकाले क्यारेक्टरबारे धेरै खुलाउन नमिल्ने विनयले बताए । सिक्किमबाट छायांकन सुरु गर्ने तयारीमा ‘ग्रहण’ टिम रहेको छ । फिल्ममा नेपालसँगै सिक्किमका कलाकारहरूको पनि अभिनय रहनेछ । अमेरिकाबाट फिल्मसम्बन्धी अध्ययन गरेर नेपाल फर्किएका गुरुङले थ्रीलर र ड्रामा जनरमा फिल्म तयार गर्दैछन् ।

No description available.

फिल्ममा उनकै लगानी रहेको छ । नम्रता पनि विनयसँग डेब्यु फिल्म ‘सानो संसार’ पश्चात स्क्रिन सेयर गर्न पाउँदा उत्साहित छिन् । विनय पनि डेब्यु फिल्मबाट बल्लसँगै काम गर्न पाउँदा उत्साहित छन् । निर्मला गुरुङ निर्माता रहेको फिल्ममा प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मी, कास्टिङ डायरेक्टर सुदाम सिके, छायांकनमा हरी हुमागाईं र सम्पादकमा प्रवीन श्रेष्ठ अनुबन्धित भइसकेका छन् ।

फोटो सौजन्य : उमेश चन्द्र प्रधान (गान्तोक, सिक्किम)

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १२ : ०६ बजे

बुधबार नेपालभर सार्वजनिक बिदा

काठमाडौं – गृह मन्त्रालयले ‘जेनजी’ आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूको सम्मानस्वरूप

कर तिर्ने समय एक महिना थप

काठमाडौं – सरकारले कर तिर्ने समय एक महिना थप गरेको

घटस्थापनादेखि असोज २२ सम्म सार्वजनिक यातायातलाई रुट परमिट खुला

काठमाडौं – घटस्थापनादेखि असोज २२ गतेसम्म सार्वजनिक सवारीसाधनलाई नेपालभर लागू

आजका समाचार : अन्तरिम सरकारमा ११ जनामात्रै मन्त्री, दलहरू पार्टी भवन बनाउने योजनामा र गाजामा इजरायली सेनाको व्यापक आक्रमण

कार्की सरकारमा ११ जनामात्रै मन्त्री हुनेअन्तरिम सरकारी प्रधानमन्त्री सुशीला कार्कीले

लुटिएका सामग्री फिर्ता नगरे कानुनी कारबाही गरिने

गण्डकी – ‘जेन-जी’ आन्दोलनका क्रममा पोखरा महानगरपालिका र मातहतका कार्यालयबाट