ग्रहणमा सारुक : पोजेसिभ ब्वाईफ्रेन्ड (फोटो फिचर) « Khabarhub

ग्रहणमा सारुक : पोजेसिभ ब्वाईफ्रेन्ड (फोटो फिचर)


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली फिल्मका अभिनेता सारुक ताम्राकार फिल्म ‘ग्रहण’ को तयारीमा छन् ।

केही दिन अगाडि मात्र सिक्किम पुगेर फिल्मको घोषणा गरेपछि छायांकनको तयारीमा निर्माण टिम रहेको छ ।

राजीव गुरुङको निर्माण तथा निर्देशन रहने फिल्म ग्रहण छायांकनमा जान तयार छ । फिल्म घोषणा कार्यक्रममा आउँदो महिना मेबाट छायांकन गर्न सकिने जनाइएको थियो । यद्यपि फिल्मको छायांकन हुने डेट तय छैन । फिल्ममा ‘सानो संसारु रिलिज भएको १४ वर्ष पश्चात विनय श्रेष्ठ र नम्रता श्रेष्ठले स्क्रिन शेयर गर्दैछन् । यो जोडीसँग टिममा रहेर काम गर्न पाउँदा आफू निकै उत्साहित रहेको सारुकले बताए ।

No description available.

‘उहाँहरुसँग काम गर्ने भएपछि केही सिक्न समेत पाएको छ’ । टिमवर्क भएर सल्लाह गरेर आफ्नो क्यारेक्टरलाई राम्रो बनाउन लाग्छौँ’ उनले भने । उनले आफ्नो क्यारेक्टरको बारेमा धेरै बोल्न नमिल्ने बताउँदै प्रोटागोनिस्टको ब्वाईफ्रेन्डको भूमिका रहेको बताए ।’हरेक कुरालाई बुझ्ने उसको छुटै शैली छ । उ शंकालु छ । यस्तै छ सारुकले आफ्नो क्यारेक्टरको बारेमा बताए ।

No description available.

थ्रीलर ड्रामा जनरमा फिल्म बन्ने भएकाले क्यारेक्टरबारे धेरै खुलाउन नमिल्ने विनयले बताए । सिक्किमबाट छायांकन सुरु गर्ने तयारीमा ‘ग्रहण’ टिम रहेको छ । फिल्ममा नेपालसँगै सिक्किमका कलाकारहरूको पनि अभिनय रहनेछ । अमेरिकाबाट फिल्मसम्बन्धी अध्ययन गरेर नेपाल फर्किएका गुरुङले थ्रीलर र ड्रामा जनरमा फिल्म तयार गर्दैछन् ।

No description available.

फिल्ममा उनकै लगानी रहेको छ । नम्रता पनि विनयसँग डेब्यु फिल्म ‘सानो संसार’ पश्चात स्क्रिन सेयर गर्न पाउँदा उत्साहित छिन् । विनय पनि डेब्यु फिल्मबाट बल्लसँगै काम गर्न पाउँदा उत्साहित छन् । निर्मला गुरुङ निर्माता रहेको फिल्ममा प्रोडक्सन कोर्डिनेटर अरुण रेग्मी, कास्टिङ डायरेक्टर सुदाम सिके, छायांकनमा हरी हुमागाईं र सम्पादकमा प्रवीन श्रेष्ठ अनुबन्धित भइसकेका छन् ।

फोटो सौजन्य : उमेश चन्द्र प्रधान (गान्तोक, सिक्किम)

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १२ : ०६ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर