आईपीएलः बैंगलोरसँग दिल्ली १६ रनले पराजित « Khabarhub

आईपीएलः बैंगलोरसँग दिल्ली १६ रनले पराजित


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा रोयल च्यालेन्जर्स बैंगलोर विजयी भएको छ । शनिबार रातिको खेलमा बैंगलोरले दिल्ली क्यापिटल्सलाई १६ रनले पराजित गरेको हो ।

सुरुमा ब्याटिङ गरेको बैंगलोरले दिएको १ सय ९० रनको लक्ष्य भेट्न नसक्दा दिल्ली पराजित भएको हो । दिल्लीले पुरै २० ओभरमा ७ विकेट गुमाएर १ सय ७३ रन मात्र बनाउन सक्यो ।

उसका लागि डेभिड वार्नर ६६, ऋषव पन्त ३४, पृथ्वी शले १६ रन बनाउँदा मिचेल मार्शले १४ रन जोडे ।

बैंगलोरका जोश हाजलउडले ३ तथा मोहमद सिराजले २ विकेट हात पारे ।

बैंगलोरका लागि दिनेश कार्तिकले ६६, ग्लेन म्याक्सवेलले ५५ रन बनाउँदा शाहबाज अहमेदले ३२ र विराट कोहलीले १२ रन बनाए ।

दिल्लीका शार्दुल ठाकुर, खलिल अहमेद, अक्षर पटेल र कुलदिप यादवले एकएक विकेट लिए ।

यो जितसँगै ६ खेलमा ८ अंक जोडेको बैंगलोर तेस्रो स्थानमा उक्लिएको छ । ५ खेलमा ४ अंक जोडेको दिल्ली आठौं स्थानमा छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ६ : ०९ बजे

संस्थापनको कारबाहीपछि महाधिवेशनस्थलमा पुगे गगन थापा

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले पाँच वर्षका लागि कारबाही गेपछि

मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि हिमाली

गगन-विश्वमाथि कारबाहीपछि भृकुटीमण्डपमा सभापति देउवाविरुद्ध चर्को नाराबाजी

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगनकुमार

चीनले अन्तरिक्षमा नयाँ उपग्रह पठायो

एजेन्सी – चीनले २०२६ को अन्तरिक्ष अभियानको सुरुवात गर्दै मङ्गलबार

भाइरल गोर्खोको प्रिमियर : नेपाली पहिरनमा सौगात-श्रृष्टि

काठमाडौं – नायक सौगात मल्ल र नायिका श्रृष्टि श्रेष्ठ केन्द्रीय