रोनाल्डोको ह्याट्रिक, युनाइटेड विजयी « Khabarhub

रोनाल्डोको ह्याट्रिक, युनाइटेड विजयी


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले क्लब करियरमा ६०औं ह्याट्रिक पूरा गर्दा इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले नर्विच सिटीमाथि ३-२ अन्तरको रोमान्चक जित निकालेको छ ।

युनाइटेडको घरेलु मैदान वोल्ड ट्राफोर्डमा रोनाल्डोले ह्याटि्रक पूरा गरे। नर्विचका लागि किएरान डेवेल र टिमु पुक्कीले सान्त्वना गोल गरे ।

सातौं मिनेटमा रोनाल्डाको गोलमा युनाइटेडले अग्रता बनायो । ३२औं मिनेटमा रोनाल्डोको ब्यक्तिगत दोस्रो गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा डेवेलले गोल गर्दै अग्रता २-१ मा झारे । पुक्कीले ५२औं मिनेटमा गोल गर्दै खेल २-२ को बराबरीमा ल्याए

तर खेलको ७६औं मिनेटमा रोनाल्डोले उत्कृष्ट गोल गर्दै ब्यक्तिगत ह्याट्रिक पुरा गरे भने टिमलाई तीन अंक दिलाए ।

रोनाल्डोको यो क्लब करियरको ५०औं ह्याट्रिक हो । खेल करियरको भने यो ६० औं ह्याट्रिक हो। साथै रोनाल्डो ६०औं ह्याट्रिक पूरा गर्ने पहिलो खेलाडी हुन् ।

जितपछि म्यानचेस्टर युनाइटेडले ५४ अंक बनाउँदै शीर्ष पाँचमा रहेको छ । लिगको पुछारमा रहेको नर्विचको २१ अंक छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ६ : ३३ बजे

दिवङ्गत पत्रकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई १६ लाखभन्दा बढी सहयोग संकलन

दमौली– दिवङ्गत पत्रकार एवं साहित्यकार वसन्तप्रकाश उपाध्यायको परिवारलाई उपचार तथा

लन्डनको ऐतिहासिक रेस्टुरेन्ट भवन संरक्षण संस्थालाई दान

लन्डन– लन्डनको सबैभन्दा पुरानो रेस्टुरेन्ट सञ्चालन भइरहेको ऐतिहासिक भवन युरोपकै

बडादसैँको टीका, मान्यजनबाट रातो टीका र जमरा लगाइँदै

काठमाडौँ– विजया दशमीको मुख्य दिन आज बडा दसैँको टीका केहीबेर

ब्रह्मायणी जात्रा : बिहानैदेखि भीड

भक्तपुर– प्रत्येक वर्ष विजयादशमीको दिन भक्तपुरको ब्रह्मायणी मन्दिरमा लाग्ने ब्रह्मायणी

कास्कीमा एक महिनामा ३२ फरार प्रतिवादी पक्राउ, १६ लाखभन्दा बढी बिगो असुल

गण्डकी– कास्कीमा प्रहरीले गत असोज महिनामा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर