कांग्रेस, चुनावी तालमेल र असन्तुष्टि | Khabarhub Khabarhub

कांग्रेस, चुनावी तालमेल र असन्तुष्टि



चुनावी तालमेल किन र केका लागि ? भन्ने सन्दर्भमा नेपाली कांग्रेसले आफ्ना कार्यकर्ता तथा मतदाता समक्ष यथार्थ सन्देश लैजान सकिरहेको छैन। तालमेलको मुद्दालाई लिएर नेपाली कांग्रेसभित्र तीन वटा धार देखिएको छ। संस्थापन पक्ष तालमेलका लागि उदार र इमान्दार देखिन्छ। इतर पक्षको एउटा धार तालमेल चाहँदैन। तर, तालमेलका उमेद्वारलाई असहयोग गर्न पनि चाहँदैन। आफू असहमत भए पनि तालमेलको निर्णयप्रति इतर पक्षको एउटा धारले विद्रोह गर्दैन। इतर पक्षको अर्को धार भने तालमेलका नाममा अन्य पार्टीका उमेद्वारलाई भोट नहाल्ने मनस्थितिमा छ।

चुनावी तालमेल गर्ने निर्णय भइसकेपछि अब अर्को बाटो रोज्ने विकल्प छैन। तालमेलप्रति इमान्दार नहुनु भनेको कांग्रेसका कार्यकर्ताका लागि आत्माघात जस्तै हो। मान्छेले दुई वटा अवस्थामा आत्माघाती कदम चाल्छ। एउटा आफूलाई ज्यादै नै अन्याय भएको अवस्थामा न्यायका लागि विकल्प नै देखेन भने आत्माघाती कदम चाल्छ। अर्को यर्थाथता नबुझेर भ्रमको पछि लाग्यो भने आत्माघाती निर्णय गर्छ।

चुनावी तालमेल गर्ने निर्णय भइसकेपछि अब अर्को बाटो रोज्ने विकल्प छैन। तालमेलप्रति इमान्दार नहुनु भनेको कांग्रेसका कार्यकर्ताका लागि आत्माघात जस्तै हो।

यतिबेला नेपाली कांग्रेसका अधिकांश कार्यकर्ता यी दुवै परिस्थितिबाट गुज्रिएका छन्। एक थरी कार्यकर्ताले आफूमाथि अन्याय भएको महसुस गरिरहेका छन्। आफूले पार्टीमा ठूलो योगदान पुर्याउँदा पु¥याँदै पनि टिकट पाउनबाट बन्चित भएको महसुस उनीहरुले गरेका छन्। चुनावी तालमेल भयो भने आफ्नो भाग अझ खुम्चिने डर उनीहरुलाई छ। अब कांग्रेसमा रहेर कहिल्यै पनि अवसर पाइँदैन भन्ने लाग्यो भने उनीहरुले आत्माघाती कदम चाल्छन्।

यसैगरी कांग्रेसका एकथरी कार्यकर्ताले चुनावी जोडघटाउको हिसाव किताव गरेका छैनन्। गर्न पनि चाहँदैनन्। उनीहरुमा पद र अवसरको लोभ पनि छैन। लोकतन्त्रलाई आत्मासात गर्ने जुन पार्टीले चुनाव जिते पनि उनीहरुलाई खासै मतलव हुँदैन। चुनावको दिन मतदान केन्द्रमा गएर रुखमा छाप लगाउनेबाहेक उनीहरुलाई कांग्रेससँग कुनै लेना देना छैन। यो कोटीका मतदाताका लागि पार्टीको निर्णय भन्दै तालमेलप्रति इमान्दारिता देखाइरहनु पर्दैन।

कांग्रेसका एकथरी कार्यकर्ताले चुनावी जोडघटाउको हिसाव किताव गरेका छैनन्। गर्न पनि चाहँदैनन्। चुनावको दिन मतदान केन्द्रमा गएर रुखमा छाप लगाउनेबाहेक उनीहरुलाई कांग्रेससँग कुनै लेना देना छैन।

यसैगरी चुनावी तालमेलको पछाडि शीर्ष तहका नेताको व्याक्तिगत स्वार्थ हावी भएको विश्लेषण कांग्रेसका एक थरी कार्यकर्ता तथा मतदाताको छ। उनीहरुको बुझाइमा पार्टी सभापति देउवा फेरि पनि प्रधानमन्त्री बन्नका लागि तालमेलको बाटो रोजेका हुन्। यसैगरी रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह लगायतका नेता आफूले चुनाव जित्नका लागि तालमेलको सहरा लिन लागेका हुन्। कांग्रेसको निस्वार्थी कार्यकर्ताको यो बुझाई गलत होइन। गत आम निर्वाचनमा माओवादी र एमालेबीच चुनावी तालमेल भएकै कारण रामचन्द्र पौडेलले चुनाव हारेका हुन्।

कृष्णप्रसाद सिटौला, आरजु राणा लगायतले चुनाव हार्नुको कारण पनि एमाले र माओवादीबीचको चुनावी तालमेल नै हो। यदि गत आम निर्वाचनमा एमाले र माओवादीबीच चुनावी तालमेल नहुँदो हो त नेपाली कांग्रेसले प्रत्यक्षतर्फ २३ सिटको सट्टा ५३ सिटमा जित हासिल गथ्र्यो, माओवादी केन्द्रले ३५ सिटको सट्टा ११ सिटमा जित हासिल गथ्र्यो, एमालेले भने ८० सिटको सट्टा ७७ सिटमा जित हासिल गथ्र्यो।

गत आम निर्वाचनमा माओवादीसँग चुनावी तालमेल गर्दा एमालेलाई फाइदा भएको भनेको ३ सिट मात्रै हो। ७७ सिटको ठाउँमा ८० सिट जित्यो। के यही तीन सिटका लागि एमाले अध्यक्ष ओलीले त्यतिबेला चुनावी तालमेल गरेका थिए त ? हो, यही प्रश्नको यथार्थ उत्तर आफ्नो पार्टी पंक्ति तथा मतदाता समक्ष पुर्याउन नेपाली कांग्रेसको नेतृत्व चुकिरहेको छ।

माओवादीसँग चुनावी तालमेल गर्दा एमालेलाई फाइदा भएको भनेको ३ सिट मात्रै हो। ७७ सिटको ठाउँमा ८० सिट जित्यो। यही तीन सिटका लागि एमाले अध्यक्ष ओलीले त्यतिबेला चुनावी तालमेल गरेका थिए त ?

यथार्थमा भन्ने हो भने गत आम निर्वाचनमा एमाले अध्यक्ष ओलीले कम्युनिष्ट गठबन्धन बनाएका मात्रै थिएनन्। कांग्रेसविरुद्ध सबै शक्तिको महागठबन्धन तयार गरेका थिए। कुनै पनि हालतमा कांग्रेसलाई समाप्त पार्ने प्रतिगामी डिजाइन अन्तरगत एमाले अध्यक्ष ओली अघि बढेका थिए। कांग्रेस समाप्त भयो भने मात्रै मुलुकको लोकतान्त्रिक गतिविधि समाप्त हुन्छ भन्ने सिद्धान्त प्रतिगामी कित्ताले आज तयार गरेको होइन। २००७ सालको जनक्रान्ति लगत्तै यो सिद्धान्त तयार गरेको हो। एमाले अध्यक्ष ओली प्रतिगामी कित्ताको त्यही षड्यन्त्रका एक गोटी हुन् भन्ने कुरा प्रमाणित भइसकेको छ।

गत आम निर्वाचनमा ओलीले राप्रपाका राजेन्द्र लिङ्देनलाई साथ दिएको आफ्नो सिट बढाउनका लागि होइन। कांग्रेसको सिट घटाउनका लागि हो। कांग्रेसका कृष्णप्रसाद सिटौला रोक्नका लागि थियो ओलीको यो कदम। व्यक्तिगत बानी बेहोरा तथा चरित्र जस्तो सुकै भए पनि सिटौला आर्थिक मामिलामा निष्कलंक नेता हुन्। लोकतान्त्रिक गणतन्त्र प्राप्तिको आन्दोलनमा सिटौलाको भूमिकालाई नजर अन्दाज गर्न मिल्दैन। प्रतिगामी कित्ता सिटौलासँग किन आगो भइरहेको छ ? भन्ने यर्थाथता कम्तिमा पनि कांग्रेसको २०६३ साल पछिको पुस्ताले बुझ्नु जरुरी छ।

यसैगरी गत आम निर्वाचनमा ओलीले राजेन्द्र महतोलाई चुनाव जिताएको वाम गठबन्धनको सिट बढाउनका लागि होइन। नेपाली कांग्रेसको सिट घटाउन र बिमलेन्द्र निधिलाई चुनाव हराउनका लागि हो। नेपाली कांग्रेसलाई गणतन्त्रमा लैजान निधिले पुर्याएको योगदानलाई नजरअन्दाज गर्न मिल्दैन। २०६३ सालमा अन्तरिम संविधान जारी गर्ना साथ मधेसीका नाममा सुरु भएको प्रतिक्रान्तिको आगोबाट नेपाललाई जोगाउन निधिको धेरै ठूलो योगदान छ।

गत आम निर्वाचनमा ओलीले राजेन्द्र महतोलाई चुनाव जिताएको वाम गठबन्धनको सिट बढाउनका लागि होइन। नेपाली कांग्रेसको सिट घटाउन र बिमलेन्द्र निधिलाई चुनाव हराउनका लागि हो।

गत आम निर्वाचनमा एमाले अध्यक्ष ओलीको अर्को टार्गेट थिए, प्रकाशमान सिंह। ओलीले वामगठबन्धनको सिट बढाउनका लागि रवीन्द्र मिश्रलाई भोट खन्याएका थिएनन्। स्वर्गवासी नेता गणेशमान सिंहसँग बदला लिने प्रतिगामी अभियानको गोटी बनेका थिए त्यतिबेला ओली।

आम निर्वाचनको मत परिणाम आएपछि सत्ता परिवर्तन लोकतन्त्रको नियम हो। तर, गत आम निर्वाचनमा मत गणनाको पुरा परिणाम नआउँदै, प्रतिनिधिसभाका सबै सिटको अन्तिम टुंगो निर्वाचन आयोगले नलगाउँदै ओलीले तत्कालीन प्रधानमन्त्री देउवालाई सत्ता छाड्न दिएको दबाब लोकतन्त्रको मार्यादा सुहाउँदो थिएन। लोकतन्त्र कमजोर बनाउने षड्यन्त्र अन्तरगत ओली कुर्लेका थिए।

बहुदलीय व्यवस्थामा संसदको सर्वोच्चता हुन्छ। संसदमा सत्ता पक्ष र प्रतिपक्ष हुन्छ। तर, एमाले अध्यक्ष ओलीले प्रतिपक्षी नेपाली कांग्रेसलाई समाप्त पार्ने अभियान सुरु गरे। राष्ट्रिय सभामा नेपाली कांग्रेसलाई शून्य सिटमा झार्ने रणनीतिमा त्यतिबेला ओली के कसरी जुटेका थिए ? भन्ने प्रश्नको उत्तर तथा यो उत्तर पछाडिको भयानक षड्यन्त्र कांग्रेसको नेतृत्व पंक्तिले त बुझेको थियो होला। तर, कार्यकर्ता पंक्तिलाई बुझाउने चेष्टा नेतृत्व पंक्तिले कहिल्यै गरेन।

बहुदलीय व्यवस्थामा संसदको सर्वोच्चता हुन्छ। संसदमा सत्ता पक्ष र प्रतिपक्ष हुन्छ। तर, एमाले अध्यक्ष ओलीले प्रतिपक्षी नेपाली कांग्रेसलाई समाप्त पार्ने अभियान सुरु गरे।

यर्थाथमा भन्ने हो भने तत्कालीन बामगठबन्धन भित्र ओली र प्रचण्डबीच दरार उत्पन्न हुन सुरु भएको र त्यही बेलाको राष्ट्रियसभा सदस्य निर्वाचन प्रकरणदेखि हो। एकल संक्रमणीय निर्वाचन पद्धतिलाई खारेज गर्दै बहुमतीय निर्वाचन पद्धतिबाट राष्ट्रियसभा सदस्य निर्वाचन गर्न ओली अघि सरे। यसो गर्दा कांग्रेसको शून्य सिट हुन्थ्यो। त्यसका लागि ओली कम्मर कसेर अघि बढेका थिए। कांग्रेस हार गुहार गर्नै नसक्ने गरी थला परेको थियो। तर, प्रचण्डले त्यतिबेला बहुदलीय लोकतन्त्रको मर्मप्रति सदासयता देखाए। प्रचण्डकै दबाबका कारण बहुमतीय आधारमा राष्ट्रियसभाको निर्वाचन भयो। नेपाली कांग्रेस राष्ट्रियसभामा शून्य हुनबाट मात्रै बचेन ५९ मध्ये करिब ९ सिट हासिल गर्यो।

राष्ट्रियसभामा अहिले पनि एमालेको बहुमत छ। अब दुई वर्षपछि राष्ट्रियसभाका एक तिहाई सिटमा निर्वाचन हुन्छ। राष्ट्रियसभा सदस्यका लागि मतदाता भनेका पालिकाका मेयर तथा उपमेर र प्रदेशसभा सदस्य हुन्। स्थानीय निर्वाचनमा एमालेलाई नखुम्च्याउने हो भने राष्ट्रियसभामा एमालेको बहुमत कायमै रहन्छ। राष्ट्रियसभाले सरकारलाई अप्ठेरो पार्न सक्छ। राष्ट्रियसभाको अध्यक्ष संवैधानिक परिषदको पदेन सदस्य हुन्छ। संवैधानिक परिषदलाई ओलीले के कसरी दुरुपयोग गरेका थिए ? भन्ने यर्थाथता छताछुल्ल भइसकेको छ।

कम्युनिष्टसँगको चुनावी गठबन्धन नेपाली कांग्रेसका लागि प्रिय होइन। अप्रिय हुँदाहुँदै पनि कहिले काहीँ बाध्यात्मक परिस्थिति उत्पन्न हुन्छ।

कम्युनिष्टसँगको चुनावी गठबन्धन नेपाली कांग्रेसका लागि प्रिय होइन। अप्रिय हुँदाहुँदै पनि कहिले काहीँ बाध्यात्मक परिस्थिति उत्पन्न हुन्छ। महाभारत युद्धमा युधिष्ठिरले समेत झुटो बोल्नु पर्ने बाध्यात्मक परिस्थिति उत्पन्न भएको थियो। झुटो नबोले युद्ध हार्नु पर्ने अवस्था हुन्थ्यो। युद्ध हार्दा अर्धम वा पापको विजय हुन्थ्यो।

नेतृत्वको शीर्ष पंक्तिमा रहनेले आफ्नो व्याक्तिगत स्वार्थका लागि चुनावी तालमेल गर्दैछन् भन्ने सन्देश कांग्रेसको कार्यकर्ता पंक्ति तथा मतदाता पंक्तिमा पुगिरहेको छ। यस्तो अवस्थामा कांग्रेसभित्र हुने अन्तरघातलाई रोक्न कुनै पनि ताकतले सक्दैन। देउवाले सात पटक प्रधानमन्त्री बन्नका लागि र रामचन्द्र पौडेलले राष्ट्रपति बन्नका लागि माओवादीलाई भोट हाल्न निर्देशन दिएका हुन् भन्ने सन्देश कांग्रेसको तृणमुल तहमा पुगिसकेको छ। माओवादीबाट हात काटिएका मतदाता कांग्रेसमा उल्लेख्य छन्। माओवादीबाट अंग भंग भएर ह्वील चियरमा बसेर भोट हाल्न जानुपर्ने बाध्यताका मतदाताको संख्या उल्लेख्य छ। यी मतदाताले देउवालाई ७ पटक प्रधानमन्त्री बनाउन र रामचन्द्र पौडेललाई राष्ट्रपति बनाउनका लागि आफ्नो आस्था बन्धकमा राख्दैनन्। कांग्रेसमा देउवा र पौडेल भन्दा बढी योगदान भएका तर कत्तिपनि अवशर नपाएका कार्यकर्ताको पंक्ति उल्लेख्य छ। देउवा पाँच पटक प्रधानमन्त्री हुँदा, पौडेल २६ वर्षसम्म राष्ट्रिय झण्डा हल्लाउने पदमा रहँदा कांग्रेसका कतिपय त्यागी र निष्ठावान कार्यकर्ता चरम अभावको जिन्दगी बाँचिरहेका छन्। उनीहरुले अझै पनि कांग्रेसलाई माया गरेका छन्।

आफ्नो व्याक्तिगत स्वार्थका लागि नभएर लोकतन्त्र र कांग्रेसको स्वार्थका लागि चुनावी तालमेल गरिएको सन्देश देउवा र पौडेलले दिनैपर्छ।

आफ्नो व्याक्तिगत स्वार्थका लागि नभएर लोकतन्त्र र कांग्रेसको स्वार्थका लागि चुनावी तालमेल गरिएको सन्देश देउवा र पौडेलले दिनैपर्छ। पाँच पटक प्रधानमन्त्री भइहालेँ, अब पुग्यो भन्दै देउवाले गगन थापालाई भावी प्रधानमन्त्रीको घोषणा गर्न किन नहुने ? आफूले राष्ट्रपति बन्ने लोभ नगरेको भन्दै वक्तव्य दिन नेता पौडेललाई केले छेकेको छ ? पार्टीमा आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने तर, आन्तरिक प्रतिस्पर्धामा पराजित हुने पक्षलाई निषेध गर्दै अरु पार्टीसँग चुनावी तालमेल गर्दा पार्टी एक ढिक्का हुने संभावना यसै पनि रहन्न। देउवा भन्दा ओली नै ठिक भन्ने मनस्थितिमा कार्यकर्तालाई पुर्याएर गरिने तालमेल प्रत्युपादक हुन्छ भन्ने यर्थाथता बुझ्न कांग्रेसका शीर्ष तहका नेताहरुले ढिला गर्नुहुँदैन।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ८ : ०१ बजे

वेस्ट इन्डिजमाथि इंग्ल्याण्ड तीन विकेटले विजयी

काठमाडौं – इंग्ल्याण्डले बिहीबार भएको वेस्ट इन्डिजविरुद्धको खेलमा तीन विकेटको

नेपालले बङ्गलादेशलाई आजदेखि विद्युत बिक्री गर्दै

काठमाडौं– नेपालले बङ्गलादेशमा बिजुली निर्यात गर्ने बाटो खुलेको छ ।

राष्ट्रपति पौडेल दोहाबाट काठमाडौँका लागि प्रस्थान

दोहा– राष्ट्रपति रामचन्द्र पौडेल कतारको राजधानी दोहाबाट काठमाडौँका लागि प्रस्थान

पाल्पाका चार शैक्षिक संस्थामा अक्षयकोष स्थापना

रामपुर – रामपुर नगरपालिका–४, बाङ्गेपसलका स्वर्गीय झमन थापाको स्मृतिमा चार

दार्चुलामा जिप दुर्घटना : मृतकको सङ्ख्या सात पुग्यो  

काठमाडौं – दार्चुलामा जिप दुर्घटना हुँदा सात जनाको घटनास्थलमा नै