बझाङ जिप दुर्घटना अपडेट : कांग्रेस बझाङ सभापति घाइते, माइला छोराको मृत्यु « Khabarhub

बझाङ जिप दुर्घटना अपडेट : कांग्रेस बझाङ सभापति घाइते, माइला छोराको मृत्यु


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बझाङ – जिप दुर्घटनामा नेपाली कांग्रेस बझाङका सभापति खड्क बोहराका माइला छोरा विनोद बोहराको मृत्यु भएको छ ।

बझाङको सुर्माबाट धनगढीतर्फ जाँदै गरेको सुपप्र ०१-००१ च ००९५ नम्बरको जिप वित्थडचिर गाउँपालिका-४ देउलेख बजार नजिकै दुर्घटना हुँदा २७ वर्षीय विनोदको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गए राति पौने १ बजे भएको दुर्घटनामा खड्क सामान्य घाइते भएका छन् ।  सवारी दुर्घटनामा घाइते भएकी खड्ककी कान्छी बुहारी अञ्जु बोहरालाई उपचारका लागि धनगढी रेफर गरिएको छ ।  घाइते खड्क, उनका कान्छा छोरा पारश तथा चालकसमेत रहेका भतिज गोकुल बोहरा र गोकुलका दुई आमा सिन्की बोहरा र रत्ना बोहराको देउलेख प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

उनीहरु वैवाहिक कार्यक्रममा सहभागी हुन धनगढी हिँडेका थिए । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी कमलप्रसाद चौधरीका अनुसार जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हो ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ९ : ४१ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर