सुर्खेतमा टेप्मो दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते « Khabarhub

सुर्खेतमा टेप्मो दुर्घटना हुँदा एकजनाको मृत्यु, तीनजना घाइते


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा टेम्पो अनियन्त्रीत भएर पल्टीदा एकजनाको मृत्यु भएको छ भने चालक सहित ३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका–१४ का अन्दाजी ६० वर्षीय पदम बहादुर रासकोटी रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना अस्पतालमा बेलुकी सवा ७ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सामान्य घाइते भएका चालक ३१ वर्षीय पदम शाही, टेम्पोमा सवार ४५ वर्षीय गोपाल पुन र ४२ बर्सिया पुर्णकला पुनको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बेतनीबाट गुमीतर्फ आउँदै गरेको भे १ ह ३० ४९ नम्बरको टेम्पो शनिबार साँझ पौने ७ बजे पल्टिएको थियो ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ११ : ०९ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक