मारिउपोलमा रुसद्वारा युक्रेनी फौजलाई आत्मसमर्पणको प्रस्ताव « Khabarhub

मारिउपोलमा रुसद्वारा युक्रेनी फौजलाई आत्मसमर्पणको प्रस्ताव


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरमा रहेका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न आह्वान गरेको छ ।  रुसी रक्षामन्त्रालयले युक्रेनी फौजलाई आत्मसमर्पण गर्नका लागि मस्कोका समयअनुसार ६ बजे बिहानदेखिको समय दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

हाल मारिउपोलमा जारी लडाइ शहरको एजोभस्तल औद्योगिक क्षेत्रमा केन्द्रित रहेको जनाइएको छ । सोही क्षेत्रको रक्षार्थ खटिएका युक्रेनी फौजलाई आत्मसमर्पण गर्नका लागि रुसले शनिबार प्रस्ताव गरेको थियो ।

प्रस्तावअनुसार युक्रेनी पक्षले आत्मसमर्पण गरेको खण्डमा उनीहरुलाई निशस्त्रीकरण पछि दिउँसो १ बजेसम्म एजोभस्तल क्षेत्र छाड्न दिइनेछ ।

‘जो कसैले पनि हतियार बिसाउँछ, उसको ज्यान जोगिने निश्चित छ ।’ रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

यसबारे युक्रेनी पक्षले सार्वजनिक रुपमा कुनै टिप्पणी नगरेको बताइएको छ । यद्यपि शनिबारमात्रै युक्रेनी राष्ट्रपति भोलेदिमिर जेलेन्स्कीले रुसले ‘मारिउपोलका हरेकलाई जानाजान ध्वस्त बनाउने प्रयासमा रहेको’ बताएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १२ : २० बजे

इराकमा अमेरिकी इन्धन विमान दुर्घटना, ६ चालक दलका सदस्यको मृत्यु

एजेन्सी– इरानसँगको सैन्य अभियानको क्रममा इराकको पश्चिम क्षेत्रमा अमेरिकी इन्धन

औषधि उद्योगमा सम्भावना ठूलो, नीतिगत चुनौती कायमै

काठमाडौँ– काठमाडौँको भृकुटीमण्डपमा दशौँ ‘फर्मा एक्स्पो’ जारी छ । फागुन

झापामा पत्रकारलाई अभद्र व्यवहार गर्ने पक्राउ

झापा– पत्रकारलाई अभद्र व्यवहार गर्ने कमल गाउँपालिका–६ का ४५ वर्षीय

इलामका बगानमा चिया टिप्ने चटारो

इलाम– इलामका चिया बगानमा यस वर्षको पहिलो टिपाइ सुरु भएको

रास्वपाको सचिवालय बैठक भोलि, समानुपातिक उम्मेदवार सिफारिसबारे छलफल हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आइतबार बस्ने भएको