मारिउपोलमा रुसद्वारा युक्रेनी फौजलाई आत्मसमर्पणको प्रस्ताव « Khabarhub

मारिउपोलमा रुसद्वारा युक्रेनी फौजलाई आत्मसमर्पणको प्रस्ताव


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले चौतर्फी घेराबन्दीमा परेको मारिउपोल शहरमा रहेका युक्रेनी फौजलाई आत्मसमर्पण गर्न आह्वान गरेको छ ।  रुसी रक्षामन्त्रालयले युक्रेनी फौजलाई आत्मसमर्पण गर्नका लागि मस्कोका समयअनुसार ६ बजे बिहानदेखिको समय दिएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

हाल मारिउपोलमा जारी लडाइ शहरको एजोभस्तल औद्योगिक क्षेत्रमा केन्द्रित रहेको जनाइएको छ । सोही क्षेत्रको रक्षार्थ खटिएका युक्रेनी फौजलाई आत्मसमर्पण गर्नका लागि रुसले शनिबार प्रस्ताव गरेको थियो ।

प्रस्तावअनुसार युक्रेनी पक्षले आत्मसमर्पण गरेको खण्डमा उनीहरुलाई निशस्त्रीकरण पछि दिउँसो १ बजेसम्म एजोभस्तल क्षेत्र छाड्न दिइनेछ ।

‘जो कसैले पनि हतियार बिसाउँछ, उसको ज्यान जोगिने निश्चित छ ।’ रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

यसबारे युक्रेनी पक्षले सार्वजनिक रुपमा कुनै टिप्पणी नगरेको बताइएको छ । यद्यपि शनिबारमात्रै युक्रेनी राष्ट्रपति भोलेदिमिर जेलेन्स्कीले रुसले ‘मारिउपोलका हरेकलाई जानाजान ध्वस्त बनाउने प्रयासमा रहेको’ बताएका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १२ : २० बजे

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको