धादिङमा माइक्रोबस दुर्घटना हुँदा १७ घाइते « Khabarhub

धादिङमा माइक्रोबस दुर्घटना हुँदा १७ घाइते


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका-३ सलाङघाटमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।

आइतबार बिहान पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा४ख २७०४ नम्बरको माइक्रो बस ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा८च ७०३६ नम्बरको कारलाई ठक्कर दिई सोही दिशाबाट आउँदै गरेको ना८ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा माइक्रोमा सवार १७ जना घाइते भएका हुन् ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते तीन जना र अन्य पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ। घाइते तीन जनाको गजुरी अस्पताल र बाँकी ६ जनाको मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय बेनिघाटले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १२ : ४६ बजे

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित

उच्च पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

उम्मेदवारका लागि खाता सञ्चालन गरिदिन राष्ट्र बैंकलाई आयोगको पत्राचार

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको उम्मेदवारका लागि बैङ्किङ खाता

हुम्लामा हिमपात, जनजीवन प्रभावित

हुम्ला– हुम्लामा हिमपात भएको भएको छ । गतभदौदेखि वर्षात् नभएको