अमेरिका-मेक्सिको सीमाबाट मार्च महिनामा २ लाख १० हजार अवैध आप्रवासी पक्राउ « Khabarhub

अमेरिका-मेक्सिको सीमाबाट मार्च महिनामा २ लाख १० हजार अवैध आप्रवासी पक्राउ


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मेक्सिकोसँगको सीमामा अमेरिकाले मार्च महिनामा २ लाख भन्दा धेरै आप्रवासीलाई गिरफ्तार गरेको तथ्यांक सार्वजनिक भएको छ ।

समाचार संस्था रोयटर्सले जनाएअनुसार मार्च महिनामा मात्रै बाइडेन प्रशासनले अवैध रुपमा मेक्सिकोसँगको सीमा नाघेर अमेरिका प्रवेश गर्न खोज्ने २ लाख १० हजार आप्रवासीलाई पक्राउ गरेको छ ।

यसबाहेक वैध कागजात बेगर अमेरिका प्रवेश गर्न खोज्ने अरु ११ हजार पनि नियन्त्रणमा लिइएको रोयटर्सले जनाएको छ ।

सो संख्या अघिल्लो वर्षमा सोही महिनाको तुलनामा २४ प्रतिशतले बढि रहेको जनाइएको छ । रोयटर्सका अनुसार अघिल्लो वर्षको मार्च महिनामा १ लाख ६९ हजार अवैध आप्रवासीलाई पक्राउ गरिएको थियो ।

यसअघिको ट्रम्प प्रशासनले लागू गरेका कठोर आप्रवासन नियममा सुधार गर्ने बाचाका साथ राष्ट्रपति बनेका बाइडेनको प्रशासनले पनि अवैध आप्रवासनको नियन्त्रण गर्ने योजनालाई निरन्तरता दिएको आरोप लाग्दै आएको छ ।

पछिल्लो समय मेक्सिकोसँगको सीमा नाघेर अवैध रुपमा अमेरिका प्रवेश गर्नेमा मध्य अमेरिकाका मेक्सिको सहित ग्वाटेमाला, मेक्सिको, एल साल्भाडोर, होण्डुरस लगायतका मुलकका साथै रुस र युक्रेनबाट आएका आप्रवासी समेत रहेको रोयटर्सले जनाएको छ ।

आगामी केही साताहरुमा दैनिक १८ हजारभन्दा धेरै आप्रवासी अवैध रुपमा अमेरिका प्रवेश गर्ने अनुमानका साथ तयारी थालिएको अमेरिकी आप्रवासन अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  २ : ५९ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर