संविधानअनुसारको दायित्व पूरा गर्न सहज वातावरण बन्न सकेन: सभामुख « Khabarhub

संविधानअनुसारको दायित्व पूरा गर्न सहज वातावरण बन्न सकेन: सभामुख


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्नि सापकोटाले संविधानअनुसारको दायित्व पूरा गर्न सहज वातावरण बन्न नसकेको गुनासो गरेका छन् ।

आइतबार काठमाडौंमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी निसानाको उद्घाटन गर्दै सभामुख सापकोटाले आफूले गर्नुपर्ने दायित्य पूरा गर्न प्रयत्न गरेपनि उचित वातावरण बन्न नसकेको गुनासो गरेका हुन् ।

उनले सभामुखको काम कानुन निर्माणमा नेतृत्व गर्ने, गुणस्तरीय कानुन निर्मााणका साथै बनेका कानुनको संसदीय निगरानी गर्नु रहेको भएपनि त्यसका लागि आवश्यक वातावरण बनाउने ठूलो कुरा रहेका बताए ।

उचित वातावरण बनाउनका लागि आफूले पहल गरेपनि विभिन्न अप्ठ्यारा रहेको उनकाे भनाइ छ ।

सभामुख सापकोटाले असन्तुष्टि पोख्नु र आलोचना हुनु स्वभाविक भएपनि मुख्य कुरा निकास दिने नै भएको धारणा राखे ।

नेपाल कार्टुनिष्ट क्लबले आयोजना गरेको प्रदर्शनी आर्ट काउन्सिलमा वैशाख ६ गतेसम्म चल्नेछ । करिब ४० कार्टुनिष्टहरूद्वारा तयार पारिएका भ्रष्टाचारविरोधी काटुर्नहरू देशका सातै प्रदेशमा प्रदर्शन गर्ने क्लबले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ३ : २४ बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित