पाकिस्तानमा प्रधानमन्त्रीका छोरा पञ्जाबका नयाँ मुख्यमन्त्री « Khabarhub

पाकिस्तानमा प्रधानमन्त्रीका छोरा पञ्जाबका नयाँ मुख्यमन्त्री


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफका छोरा हम्जा शरिफ पाकिस्तानको पञ्जाब प्रान्तको नयाँ मुख्यमन्त्री निर्वाचित भएका छन् ।

पञ्जाबको प्रान्तीय सभामा पाकिस्तान मुस्लिम लिग नवाज पीएलएमएन का नेता हम्जाले आफ्नो पक्षमा १ सय ९७ मत ल्याएर मुख्यमन्त्रीमा निर्वाचित भएको पाकिस्तानबाट प्रकाशित हुने डन अखबारको अनलाइन संस्करणले जनाएको छ ।

३ सय ७१ सिट रहेको पञ्जाब प्रान्तीय सभामा सरकार बनाउन १ सय ८६ सिट पर्याप्त हुन्छ ।

पूर्व प्रधानमन्त्री इमरान खान नेतृत्वको पाकिस्तान तहरिक–इ–इन्साफ (पीटीआई) पार्टीले चुनाव बहिष्कार गरेकाले हम्जाका प्रतिद्वन्द्वी परवेज इलाहीले कुनै मत प्राप्त गर्न सकेनन् ।

त्यसअघि संसद्‍मा पीटीआईका सदस्यहरूले होहल्ला गरेका थिए । प्रान्तीय सभामा पीटीआईका सदस्यहरूले उपसभामुख दोस्त मोहम्मद मजारीलाई हातपात गर्न खोजेपछि हंगामा समेत मच्चिएको बताइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ३ : ४५ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल