सर्लाही– सर्लाहीको मलंगवामा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
मलंगवा नगरपालिका–१२ मा आइतबार बसको ठक्करबाट सर्लाहीको कविलासी नगरपालिका–९ बस्ने ५८ वर्षीय शंकर रायको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएका रायको उपचारका क्रममा मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको भारतीय नम्बरको मिनी बसले राय सवार साइकललाई आइतबार मध्यान्ह ठक्कर दिएको थियो ।
बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया