रुसद्वारा कृष्ण सागरमा डुबेको मोस्कवा युद्धपोतका जहाजीको तस्वीर सार्वजनिक « Khabarhub

रुसद्वारा कृष्ण सागरमा डुबेको मोस्कवा युद्धपोतका जहाजीको तस्वीर सार्वजनिक


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युद्धपोत मोस्कवा कृष्ण सागरमा डुबेयता रुसले पहिलोपटक युद्धपोतका जहाजीहरुको तस्वीर सार्वजनिक गरेको छ । रुसको रक्षामन्त्रालयले कृष्ण सागरस्थित क्राइमियाको बन्दरगाह शहर सेभास्टोपोलमा जहाजीहरुले परेड खेलिरहेको तस्वीर तथा भिडियो सार्वजनिक गरेको बीबीसीले जनाएको छ ।

अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार मोस्कवा युद्धपोतका जहाजीहरुलाई भेट्न रुसी नौसेनाका प्रमुख एडमिरल निकोलाई येभमेनोभ सेभास्टोपोल पुगेका थिए ।

येभमेनोभले मोस्कवाका जहाजीलाई भेटेको सन्दर्भमा रुसी रक्षा मन्त्रालयले २६ सेकेण्ड लामो भिडियो पनि सार्वजनिक गरेको जनाइएको छ । यद्यपि उनले ती जहाजहरुलाई कहिले भेटेका हुन् भन्ने स्पष्ट नभइसकेको रोयटर्सले जनाएको छ ।

गत बुधबार युक्रेनले नेप्चुन क्षेप्यास्त्रले मोस्कवामा आक्रमण गरेको दाबी गरेको थियो । त्यसको भोलिपल्ट रुसले क्षतिग्रस्त मोस्कवा युद्धपोत बन्दरगाहतफै लैजानेक्रममा डुबेको स्वीकार गरेको थियो ।

आक्रमणका क्रममा उक्त युद्धपोतमा रहेका सबै ५ सय जहाजीको मृत्यु भएको दाबी गरेको थियो । यद्यपि युक्रेनले यसबारे कुनै प्रमण भने पेश नगरेको जनाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ४ : ३० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै