नेकपा विप्लव समूह, माओवादी र नेकपा एसका शीर्ष नेताहरूबीच भेट « Khabarhub

नेकपा विप्लव समूह, माओवादी र नेकपा एसका शीर्ष नेताहरूबीच भेट


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा विप्लव समूहका शीर्ष नेताहरूले नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरूसँग भेट गरेका छन् ।

आइतबार नेकपा विप्लव समूहका सचिवालय सदस्यहरू धर्मेन्द्र बास्तोला कन्चन र हेमन्तप्रकाश वली सुदर्शनले माओवादी अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका हुन् ।

उनीहरूबीच कोटेश्वरस्थित अध्यक्ष नेपालको निवासमा भेट भएको हो ।

केही दिनअघि कपिलवस्तुमा बसेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपा विप्लव समूहको बैठकले चुनावमा सहभागिता नजनाउने र बहिष्कार पनि नगर्ने निर्णय गरेको थियो । यो निर्णयलाई लिएर पार्टीमा मतभेद छ ।

विप्लव समूहका कन्चन र सुदर्शनले पछिल्लो समय ठूला दलका शीर्ष नेताहरूसँग भेटघाट गर्दै आएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ५ : २३ बजे

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन

क्यानबेरा – अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र