जम्मु कश्मीरमा लडाकु समूहको सक्रियता घट्दै « Khabarhub

जम्मु कश्मीरमा लडाकु समूहको सक्रियता घट्दै


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारत प्रकाशित जम्मु कश्मीरका सुरक्षा अधिकारीले लडाकु समूहको सक्रियता घट्दै गएको बताएका छन् ।

राजधानी श्रीनगरमा पाकिस्तानी आतंककारी संगठन लस्क ए तैएबाका दुई लडाकु मारिएपछि जम्मु कश्मीरका प्रहरी महानिरीक्षक विजय कुमारले लडाकु समूहको सक्रियता घटेको बताएका हुन् ।

‘सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ) का जवानमाथि आक्रमण गर्नेहरु पाकिस्तानसँग सम्बन्धित थिए र लस्कर ए तैएबा समूहमा आबद्ध थिए ।’ कुमारलाई उद्धृत गर्दै भारतीय समाचार संस्था एएनआईले जनाएको छ, ‘दुबै गोली लागेर मारिएका छन् । हाम्रा जवानहरू लडाकुका लागि सहज निशाना बन्दै आएका थिए । लडाकु समूहको गतिविधि घट्दै गइरहेको छ र यो अझ घट्दै जानेछ ।’

प्रहरीको रेकर्डअनुसार कारवाहीमा मारिएका दुबै लडाकु ‘ए’ श्रेणीका थिए । प्रहरीलाई उद्धृत गर्दै एएनआईले जनाएअनुसार मोहम्मद भाइ नामक लडाकु सन् २०१९ यता सक्रिय थिए भने अबु अर्सलन नामक अर्का लडाकु सन् २०२१ देखि सक्रिय थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ६ : १७ बजे

हुरीबतासबाट रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार

चैत ५ गतेदेखि चितवनको कसरामा विक्रमबाबा पूजा हुँदै

चितवन– हरेक वर्ष चैतेदसैँको समयमा हुने विक्रमबाबा पूजाको यहाँ तयारी

पहिलो दिनको १२ घण्टे प्रशिक्षणमा रास्वपाले सांसदलाई के पढाउँदै छ ?

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यका लागि