पल शाह प्रकरण : ‘पीडित’ ले अदालतमा फेरिन् बयान « Khabarhub

पल शाह प्रकरण : ‘पीडित’ ले अदालतमा फेरिन् बयान


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दामा नाबालिग गायिकाले अदालतमा बयान फेरेकी छन् । उनले आइतबार जिल्ला अदालत तनहुँमा बकपत्र दिने क्रममा जाहेरीमा उल्लेखित विवरणहरु सत्य नभएको बताएकी हुन्।

पीडितको तर्फबाट मुद्दा लडिरहेका एक कानून व्यवसायीका अनुसार आफूले अरूको उक्साहटमा परेर जाहेरी दिन पुगेको दाबी गरेकी छन् । नाबालिग कलाकारले पल शाहविरुद्ध फागुन ११ गते तनहुँ प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।

प्रहरीले किटानी जाहेरीका आधारमा फागुन १५ गते शाहलाई नियन्त्रणमा लिएको हो। शाहले अदालतको बयानका क्रममा आफूले करणी नगरेको बताएका छन्। शाहलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान भइरहेका बेला नाबालिगले बयान फेरेकी हुन्।

बयान फेरेको अवस्थामा अदालतले ६ वर्ष कैद गर्ने कानुनी व्यवस्था छ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ६ : १३ बजे

आज २०८३ साल कात्तिक १० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १० गते मंगलबार सन् २०२६

लालझाडी कप फुटबल प्रतियोगिता मङ्सिर ३ गतेदेखि

कञ्चनपुर– कञ्चनपुरमा आगामी मङ्सिर ३ गतेदेखि दशौँ संस्करणको लालझाडी कप

मंगलबार भगवान गणेशको पूजा गर्नुहोस्

काठमाडौँ– मंगलबार गणेशको पूजा, अर्चना र व्रत बस्दा राम्रो फल

एनपीएलमा आज दुई खेल : विराटनगर र चितवन तथा कर्णाली र जनकपुर खेल्ने

काठमाडौँ – नेपाल प्रिमियर एनपीएलमा मंगलबार दुई खेल हुँदैछन् ।

नोबेल शान्ति पुरस्कार नपाएपछि ट्रम्पले भने : नर्वे वास्तवमै फोहोर राज्य बन्यो

पोर्ट ह्युरन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नर्वेका आप्रवासीलाई अमेरिकामा