५ वर्षदेखि बेपत्ता उइग्युर पत्रकारलाई चीनमा १५ वर्ष कारावासको सजाय « Khabarhub

५ वर्षदेखि बेपत्ता उइग्युर पत्रकारलाई चीनमा १५ वर्ष कारावासको सजाय


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०१७ यता बेपत्ता उइग्युर पत्रकारलाई ‘राजनीतिक अपराध’ को अभियोगमा चीनमा १५ वर्षको सजाय सुनाइएको खुलासा भएको छ । अमेरिका भर्जिनियामा बस्ने आफ्ना छोरालाई भेटेर सन् २०१७ मा फर्केयता उइग्युर पत्रकार कुरबान ममुत बेपत्ता रहेको जनाइएको छ ।

चिनियाँ अधिकारीहरूले उनको कारावासको सजाय र अदालतको फैसला गोप्य राखेको रेडियो फ्रि एसियाले जनाएको छ ।

चीनको सिन्जियाङ प्रान्तमा बसोबास गर्ने मुसलमान अल्पसङ्ख्यक उइग्युरमाथि हुने अदालती कारवाहीबारे परिवारलाई जानकारी नदिइने बताइन्छ ।

‘यतिका प्रयास गर्दा पनि मैले आफ्ना पिताबारे सूचना पाउन सकिनँ ।’ ममुतका छोरा बहराम सिन्टासलाई उद्धृत गर्दै रेडियो फ्रि एसियाले जनाएको छ ।

बल्ल गत फेब्रुअरी महिनामा आफ्नी दिदीबाट पितालाई १५ वर्ष जेल भएको थाहा पाएको उनले बताए ।

उनलाई ‘राजनीतिक अपराध’ को अभियोगमा जेल सजाय भएको प्रहरीलाई उद्धृत गर्दै रेडियो फ्रि एसियाले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ७ : ०५ बजे

ललितपुरमा चक्कु प्रहारबाट गम्भीर घाइते दाजु भाइको मृत्यु

काठमाडौँ- ललितपुर पाटनस्थित कृष्ण मन्दिर परिसरमा चक्कु प्रहारबाट गम्भीर घाइते

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक