५ वर्षदेखि बेपत्ता उइग्युर पत्रकारलाई चीनमा १५ वर्ष कारावासको सजाय « Khabarhub

५ वर्षदेखि बेपत्ता उइग्युर पत्रकारलाई चीनमा १५ वर्ष कारावासको सजाय


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सन् २०१७ यता बेपत्ता उइग्युर पत्रकारलाई ‘राजनीतिक अपराध’ को अभियोगमा चीनमा १५ वर्षको सजाय सुनाइएको खुलासा भएको छ । अमेरिका भर्जिनियामा बस्ने आफ्ना छोरालाई भेटेर सन् २०१७ मा फर्केयता उइग्युर पत्रकार कुरबान ममुत बेपत्ता रहेको जनाइएको छ ।

चिनियाँ अधिकारीहरूले उनको कारावासको सजाय र अदालतको फैसला गोप्य राखेको रेडियो फ्रि एसियाले जनाएको छ ।

चीनको सिन्जियाङ प्रान्तमा बसोबास गर्ने मुसलमान अल्पसङ्ख्यक उइग्युरमाथि हुने अदालती कारवाहीबारे परिवारलाई जानकारी नदिइने बताइन्छ ।

‘यतिका प्रयास गर्दा पनि मैले आफ्ना पिताबारे सूचना पाउन सकिनँ ।’ ममुतका छोरा बहराम सिन्टासलाई उद्धृत गर्दै रेडियो फ्रि एसियाले जनाएको छ ।

बल्ल गत फेब्रुअरी महिनामा आफ्नी दिदीबाट पितालाई १५ वर्ष जेल भएको थाहा पाएको उनले बताए ।

उनलाई ‘राजनीतिक अपराध’ को अभियोगमा जेल सजाय भएको प्रहरीलाई उद्धृत गर्दै रेडियो फ्रि एसियाले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ७ : ०५ बजे

फराह खान निर्देशनमा फिर्ता, शाहरुखसँग नयाँ फिल्मको तयारी

काठमाडौं– बलिउडकी चर्चित निर्देशक तथा कोरियोग्राफर फराह खानले लामो समयपछि

रुकुमपूर्व : रुकुमकोट प्रहरी चौकी कब्जा गरेको क्षेत्र घुम्दै प्रचण्डले सुरु गरे घरदैलो अभियान

रुकुम पूर्व – हिजो पूर्वी रुकुमबाट मनोनयन दर्ता गराएका नेपाली

पर्वतको बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम

पर्वत– पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कमा ‘मुख्यमन्त्री नवप्रर्वतन’ कार्यक्रम सञ्चालन भएको

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल