नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर « Khabarhub

नेपाल टेलिकमले ल्यायो स्प्रिङ अफर


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने ‘अल टाइम अल नेट भ्वाइस प्याक’ सहितको स्प्रिङ अफर ल्याएको छ ।

नेपाल टेलिकमले स्प्रिङ अफर वैशाख ५ गतेदेखि उपलब्ध गराउन लागेकाे आज विज्ञप्ति निकालेर जानकारी दिएको हो ।

याे अफरअन्तर्गत टेलिकमले ५९९ देखि १४९९ सम्मका सजिलो अनलिमिटेड पोस्टपेड र प्रिपेड प्याकहरू समावेश गरेको छ।

अबदेखि ९९९ रुपैयाँ र १४९९ रुपैयाँका प्याकमार्फत कम्पनीभित्रको नेटवर्कमा असीमित कुराकानी गर्न सकिनुका साथै अन्य सेवा प्रदायकको नेटवर्कमा पनि असीमित कुराकानी गर्न सकिने छ। यी प्याकमा क्रमशः प्रतिदिन २ जीबी र ४ जीबी डाटा तथा प्याक अवधिमा ४०० वटा र १००० वटा अल नेट सन्देश पठाउन सकिने सुविधा दिइने छ।

स्प्रिङ अफरअन्तर्गत ग्राहकहरूको माग अनुरुप कम्पनीको सेवाबाट अन्य सेवा प्रदायकको नेटवर्कमा न्यूनतम महशुलमा कुराकानी गर्न सकिने अल नेट भ्वाइस प्याक उपलब्ध गराइएको छ ।

कम्पनीले उपलब्ध गराइरहेका विभिन्न प्रकारका सजिलो अनलिमिटेड पोस्टपेड प्याक, सजिलो अनलिमिटेड प्रिपेड प्याक र सस्तो कम्बो प्याकहरूलाई अझै ग्राहकमैत्री र आकर्षक बनाइएको छ । केही प्याकको मूल्य अझै कम गरिएको छ।

कम्पनीका नेटवर्कबाट कुनैपनि नेटवर्कमा ५०० मिनेटसम्म कुराकानी गर्न सकिने २८ दिनको प्याक २६५ रुपैयाँमा र १२०० मिनेटसम्म कुराकानी गर्न सकिने ३५ दिनको प्याक ५५० रुपैयाँमा उपलब्ध हुने जनाइएको छ । यी बाहेक कम्पनीको नेटवर्कमा र अन्य नेटवर्कमा समेत कुराकानी गर्न सकिने विभिन्न प्याक उपलब्ध हुने छन् ।

स्प्रिङ अफरअन्तर्गतका विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्ने छ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ११ : ३५ बजे

३२९ ग्राम खैरो हेरोइनसहित नागपोखरीबाट चार जना पक्राउ

काठमाडौँ – काठमाडौँको नागपोखरीस्थित एक घरबाट ३२९.०५ ग्राम लागू औषध

कान्तिपुर सेभिङ र पशुपति सहकारीका ३४१ बचतकर्ताको रकम फिर्ता

काठमाडौँ– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पछिल्लो पटक कान्तिपुर सेभिङ र

महोत्तरीमा स्कुल बस दुर्घटना, चालकसहित ६ जना घाइते

महोत्तरी – महोत्तरीको गौशाला नगरपालिका-९ डुमरवानास्थित भित्री सडकखण्डमा मंगलबार बिहान

कार्यस्थलमा स्तनपान कक्षको अभाव

झापा– झापामा विशेष स्तनपान गराउने आमाको सङ्ख्या अपेक्षाकृत कम देखिएको

गत वर्ष १०३ गर्भवती तथा सुत्केरीको निःशुल्क हवाई उद्धार

काठमाडौँ– राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सरकारले गत आर्थिक वर्षमा १०३