सारालाई वर्कसप, जसितालाई सिधै छायांकन « Khabarhub

सारालाई वर्कसप, जसितालाई सिधै छायांकन


३ जेष्ठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समयदेखि कलाकारहरू निस्किने र अनुबन्धित हुने खबरका कारण चर्चामा रहेको फिल्म ‘हनी बनी’ को छायांकन बेलायतमा सुरु भएको छ । 

लन्डन, आयरल्यान्ड, वेल्स लगायतका क्षेत्रमा फिल्म छायांकन गर्ने तयारीका साथ छायांकन सुरु भएको हो । फिल्मका लागि नेपालमा २ महिना वर्कसप गरिएता पनि जसिता गुरुङ साइन भएको केही दिनमै छायांकन सुरु गरिएको छ । सारा सिर्पालीको लागि दुई महिना वर्कसपमै समय खर्चेका निर्देशक दिवाकर भट्टराईले जसितालाई लिएर हतार-हतारमा छायांकन सुरु गरे । 

साराले २ महिना वर्कसप गरेर बेलायतको भिसा नपाएर फिल्म छाड्नुपरेपछि दिवाकरले बेलायत निवासी जसितालाई साइन गरेका थिए । जसिता बेलायत निवासी भएकै कारण फिल्ममा छानिएकी हुन् । साराका लागि २ महिनाको वर्कशप गराएता पनि जसितालाई लिएर छिटै छायांकन गर्नुको कारण दिवाकरले नै जानून् ।

साथै ओभरसिजमा छायांकन हुँदा कथा, कलाकार परिवर्तन हुने प्रचलन नेपाली फिल्मको लागि नौलो पनि होइन ।

प्रकाशित मिति : ३ जेष्ठ २०७९, मंगलबार  १ : २८ बजे

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनता भेट्न मन्त्री जानुपर्छ : भूमिमन्त्री

चितवन– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

अर्घाखाँची– हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि दिइँदै

रसुवा– नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका

तीन वर्षमा आठ प्रमुख शहरमा क्रिकेट रंगशाला निर्माण हुन्छ : मन्त्री लम्साल

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले मुलुकका आठ

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने