तस्वीर- क्यान

क्रिकेट

महिला क्रिकेटमा नेपाल युगान्डाविरुद्ध ब्याटिङ गर्दै

By खबरहब

May 17, 2022

काठमाडौँ– महिला टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको दोस्रो खेलमा युगान्डाले टस जित्दै नेपालविरुद्ध फिल्डिङ रोजेको छ ।

काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसे १ बजे सुरु हुने खेलमा टस जितेर युगान्डाले फिल्डिङ रोजेको हो ।

नेपाल युगान्डाविरुद्ध पहिलो जित निकाल्ने योजनामा छ । टी–ट्वान्टी सिरिजअन्तर्गत सोमबार भएको पहिलो खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको थियो ।

नेपाल र युगान्डाबीच ५ टी–ट्वान्टी खेलको सिरिज भइरहेको छ । तेस्रो खेल बिहीबार, चौथो खेल शुक्रबार र पाँचौँ खेल शनिबार हुनेछ ।