बन्दीपुरको अध्यक्षमा एमालेका सुरेन्द्र र उपाध्यक्षमा कांग्रेसकी पञ्चमाया निर्वाचित | Khabarhub Khabarhub

बन्दीपुरको अध्यक्षमा एमालेका सुरेन्द्र र उपाध्यक्षमा कांग्रेसकी पञ्चमाया निर्वाचित


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेद्वार विजयी भएका छन् ।

गाउँपालिका अध्यक्षमा एमालेका सुरेन्द्र थापाले नेकपा माओवादी केन्द्रका पूर्णसिंह थापालाई ६३ मतान्तरले पराजित गर्दै जित दर्ता गराएका हुन् । सुरेन्द्रले तीन हजार २२९ र पूर्ण सिंहले तीन हजार १६६ मत ल्याए । 

उपाध्यक्षमा दुई मतान्तरले नेपाली कांग्रेसकी पञ्चमाया गुरुङ निर्वाचित भएकी छन् । गुरुङले गुरुङले तीन हजार २७ र  प्रतिस्पर्धी माओवादीकी करुणा गुरुङले तीन हजार २५ मत प्राप्त गरिन् । 

१५ हजार ६३८ मतदातामध्ये निर्वाचनमा १० हजार २०५ मत खसेको थियो । अघिल्लो पटक बन्दीपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष नै माओवादीले जितेको थियो । यसपटक पनि पुरानै अनुहार अध्यक्ष उपाध्यक्षमा भिडेका थिए । तर, पराजित हुनुपरेको छ । 

गाउँपालिकाको छ मध्ये एमालेले तीन, माओवादीले दुई र कांग्रेसले एक वडामा जित हासिल गरेको छ । बन्दीपुर १ को वडाध्यक्षमा नेकपा एमालेका शिवकुमार श्रेष्ठ विजयी भएका छन् । ९०९ मत प्राप्त गरी श्रेष्ठ अध्यक्षमा विजयी हुँदा नेकपा माओवादी केन्द्रका भानुभक्त पोखरेलले ६८१ मत प्राप्त गरे । 

वडा नम्बर २ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ । वडाध्यक्षमा तिलकबहादुर कुँवर ६५३ मत प्राप्त गरी विजयी भए । प्रतिस्पर्धी नेपाली कांग्रेसका भूपेन्द्रबहादुर बानियाँले ५०५ मत प्राप्त गरे ।

वडा नम्बर ३ को अध्यक्षमा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा परमेश्वर भट्टराई ४०५ मत प्राप्त गरी निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका नारायण केसी खत्रीले ३७४ मत प्राप्त गरे ।

वडा नम्बर ४  मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा नेकपा एमालेका दानबहादुर थापा ७४० मत प्राप्त गरी विजयी हुँदा प्रतिस्पर्धी नेपाली कांग्रेसका सीता थापाले ४६४ मत प्राप्त गरिन् ।

वडा नम्बर ५ मा नेकपा माओवादी केन्द्रको प्यानल विजयी भएको छ । वडाध्यक्षमा ध्रुर्वप्रसाद लामिछाने ६९१ मत प्राप्त गरी गरे । प्रतिस्पर्धी नेकपा एमालेका मिमबहादुर गुरुङले ४९२ मत प्राप्त गरेका छन् ।

वडा नम्बर ६ को वडाध्यक्षमा नेकपा एमालेका बलबहादुर गुरुङ विजयी भएका छन् । ४४५ मत प्राप्त गरी गुरुङ वडाध्यक्षमा विजयी भएका हुन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका गणेशबहादुर गुरुङले ४८२ मत प्राप्त गरे ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  २ : २८ बजे

योगेश भन्छन्- मन्त्रीहरूले गल्ती गरेको भए जिम्मेवारी छाड्नु पर्छ, कसैले उन्मुक्ति पाउँदैनन्

काठमाडौं- नेकपा (एमाले) का सचिव योगेश भट्टराईले वर्तमान सरकारमा रहेका

खुमलटारमा प्रचण्ड र शेखरबीच दुई घण्टा लामो वार्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला र नेकपा (माओवादी

देशभित्रका समस्या समाधान गर्न कांग्रेसले ध्यान दिनुपर्छ : गगन थापा

पाटन– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले देशभित्रका समग्र समस्याको समाधानका

महिला यु-२० साफ च्याम्पियनसिपमा नेपाल विजयी

काठमाडौं– दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) महिला यु–२० च्याम्पियनसिपमा नेपाल