श्रीलंकामा एक दिनका लागि मात्र पुग्ने पेट्रोल बाँकी रहेको विक्रमासिंघेको भनाइ « Khabarhub

श्रीलंकामा एक दिनका लागि मात्र पुग्ने पेट्रोल बाँकी रहेको विक्रमासिंघेको भनाइ


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वतन्त्रता पाएयताकै सबैभन्दा नराम्रो आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा पेट्रोलको हाहाकार हुने अवस्थामा पुगेको छ ।

नयाँ प्रधानमन्त्री रनिल विक्रमासिंघले यस्तो संकेत गरेका हुन् । अमेरिकी टेलिभिजन च्यानल सीनएनएनको अनलाइन संस्करणले जनाएअनुसार उनले श्रीलंकामा एक दिनका लागि मात्र पेट्रोलको सञ्चिति रहेको बताएका छन् ।

एउटा टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री विक्रमासिंघले आधारभूत सामाग्रीको आयातका लागि भुक्तानी गर्न देशलाई तत्काल ७.५ करोड डलर विदेशी मुद्रा आवश्यक भएको उनले बताए । .

सरकारले तलब दिन केन्द्रिय बैंकले पैसा छाप्नुपर्ने अवस्था रहेको उनले बताए । 

राज्यको स्वामित्वमा रहेको श्रीलंकाली एयरलाइन्स पनि निजिकरण गरिने उनले जानकारी दिएको सीएनएनले जनाएको छ ।

महामारी, बढ्दो मूल्य वृद्धि र कर कटौतीका कारण देशको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको बताइन्छ । 

विदेशी मुद्राको दीर्घकालीन अभाव र बढ्दो मुद्रास्फीतिका कारण औषधि, इन्धन र अन्य अत्यावश्यक वस्तुको चरम अभाव भएको छ ।

 चरम आर्थिक संकटसँग श्रीलंकामा राजनीतिक संकट पनि देखा परेको छ ।

श्रीलंकामा आर्थिक संकटको समाधान गर्न नसकेको भन्दै हिंसात्मक सरकार विरोधी प्रदर्शनहरु हुँदै आएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  २ : १९ बजे

मिसाइल खस्दा पनि काम गर्न बाध्य छन् खाडीका विदेशी कामदार

काठमाडौं- लामो समयदेखि रोजगारीको प्रमुख गन्तव्य मानिँदै आएका खाडी मुलुकहरू

लामिछानेको रिट ’हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने

काठमाडौं– सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

भयावह मूल्यवृद्धि रोक्न पेट्रोलियम पदार्थको मूल्यमा सहुलियत दिन कांग्रेस महामन्त्री पौडेलको आग्रह 

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मध्यपूर्वमा देखिएको द्वन्द्वको असर

‘गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३’ बन्दीपुरमा हुने

गण्डकी– तनहुँको बन्दीपुरमा गण्डकी प्रदेशस्तरीय गाउँ पर्यटन मार्ट २०८३ आयोजना

हत्या गरेको अभियोगमा एकजना पक्राउ

बाँके– बैजनाथ गाउँपालिका-५ छमनिया बस्ने ५१ वर्षीया भगवनी थारूको हत्या गरेको अभियोगमा