आउँदो महिना ओटीटीमा ‘आरआरआर’  « Khabarhub

आउँदो महिना ओटीटीमा ‘आरआरआर’ 


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– यो वर्ष साउथ इन्डियन फिल्मले बलिउडलाई समेत छायाँमा परिरहेको छ ।

 निर्देशक एसएस राजामौली निर्देशित ‘आरआरआर’ र यश अभिनीत  ‘केजीएफ : च्याप्टर २’ ले विश्वभरबाट एक हजार करोड भन्दा बढीको कलेक्सन गरिसकेका छन् । यी फिल्महरूप्रति दर्शकले देखाएको क्रेजले बलिउडलाई समेत सोच्न बाध्य बनाइरहेका छन् । यस वर्ष रिलिज भएका कुनै पनि बलिउड फिल्मले लगानी समेत उठाउन सकेको छैन । हलमा अझै प्रदर्शनरत फिल्म आरआरआर र केजीएफ २ को ओटीटी रिलिजको चर्चा बढ्दो छ । यद्यपि चर्चाकै बीच फिल्म ओटीटीमा पनि आउने भएको छ । ‘केजीएफ : च्याप्टर २’ अमेजन प्राइम भिडियोमा रेन्टमा उपलब्ध भइसकेको छ भने अर्को प्रतीक्षित फिल्म ‘आरआरआर’ आउँदो महिना जुनमा स्ट्रिमिङ हुनेछ । 

बक्स अफिसमा नयाँ रेकर्ड बनाउन सफल फिल्म ‘आरआरआर’ ओटीटीमा आउँदो महिना जुनको २ गते रिलिज हुनेछ । स्टोरी, फायर र वाटरको थिममा देखाइएको तीन ‘आरआरआर’ ले पहिलो दिनमा नै २ सय २३ करोड कमाइ गरेर रेकर्ड बनाएको फिल्मलाई दर्शकले नेटफ्लिक्स र जी फाइभमा हेर्न पाउनेछन् ।

फिल्मलाई हिन्दी भाषामा नेटफ्लिक्स र तामिल, तेलुगु, कन्नडा र मलयालम भाषाको भने जी फाइभमा हेर्न पाइने छ । हिन्दी बाहेकका अन्य भाषामा रहेको फिल्म यही महिना मेकै २० तारिखमा उपलब्ध हुने भनिएता पनि जुन महिनामा मात्र आउने भएको छ । 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  २ : ४८ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६