अक्षयको फिल्मलाई वेब सिरिज बनाउने तयारी  « Khabarhub

अक्षयको फिल्मलाई वेब सिरिज बनाउने तयारी 


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड अभिनेता अक्षय कुमार अभिनीत पछिल्लो फिल्म ‘बच्चन पाण्डे’ असफल रह्यो ।

त्यसअघि रिलिज भएको ‘द कश्मीर फाइल्स’ को कारणले अक्षयको फिल्मको कलेक्सन पचास करोडमै रोकियो । त्यसपछि रिलिज भएको फिल्म ‘आरआरआर’ ले फिल्मलाई हलमा बाँकी नै रहन दिएन । यी यस्तै कारणले हाइप ठीकठाक हुँदा हुँदै पनि फिल्म फ्लप भयो ।

यसैकारण हुन् सक्छ अक्षयको नेक्स्ट फिल्म डिरेक्ट ओटीटीमा रिलिज हुने भएको छ । अक्षय अभिनीत फिल्म  ‘मिशन सिन्ड्रेला’ ओटीटी प्लेटफर्म डिज्नेप्लस हटस्टारमा प्रिमियर हुने तयारी छ  । रञ्जित एम तिवारी निर्देशित ‘मिशन सिन्ड्रेला’ मा अक्षयसँगै राकुल प्रीत सिंह, गुरप्रीत सिंह, सर्गुन मेहतालगायतको अभिनय रहेको छ । फिल्मको बजेट १ सय ७५ करोड भनिएको छ । भारतीय मिडियाले फिल्मलाई डिज्नेप्लसले दुई सय करोड दिएको उल्लेख गरेको छ । 

यद्यपि पछिल्लो समय फिल्मलाई सिरिजको रुपमा अगाडि ल्याउने खबरहरू पनि आइरहेका छन् । पिंकभिल्लाको अनुसार फिल्मलाई वेब सिरिजको रुपमा पनि ल्याउन सकिनेछ । यद्यपि यसका लागि अक्षयले थप केही छायांकन गर्नु पर्ने छ । सिरिजको रुपमा ल्याउन अक्षयले अनुमति दिएका यसको दोस्रो सिजनमा समेत उनले अभिनय गर्नु पर्ने हुन्छ । 

फिल्मको क्लाइमेक्समा केही बदलाव गरेमा यसलाई एपिसोडमा बदल्न कठिन नहुने फिल्मका सदस्यले पिंकभिल्लालाई बताएका छन् । यो वेब सिरिजमा परिणत भएमा अक्षयको वेब सिरिजमा डेब्यु हुनेछ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ३ : ०२ बजे

झापामा यी स्थानमा हुँदैछ मतगणना

झापा – देशकै ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको झापा क्षेत्र

काठमाडौं-५ मा मतगणना सुरु

काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना कार्य सुरु

चितवन–३ मा सर्वदलीय बैठक सकियो, राति १:३० बजेदेखि मतगणना सुरु हुने

चितवन – चितवन क्षेत्र नम्बर ३ को मतगणना आजै राति

चितवन- १ मा भोलि बिहान ७ बजेदेखि मात्रै मतगणना सुरु हुने

काठमाडौँ- चितवन निर्वाचन क्षेत्र नम्बर १ मा भोलि बिहान ७

बहुप्रतिक्षित झापा-५ मा मतगणनाका लागि सर्वदलीय बैठक सुरु

दमक, झापा– देशकै ‘हाइप्रोफाइल’ निर्वाचन क्षेत्रका रूपमा हेरिएको झापा क्षेत्र