डडेल्धुरामा कांग्रेस अगाडि « Khabarhub

डडेल्धुरामा कांग्रेस अगाडि


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुराका सातवटा स्थानीय तहमध्ये छ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । 

यी छमध्ये चारवटामा कांग्रेस विजयी भएको छ भने दुई मा नेकपा माओवादी केन्द्र विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिका–१० वडासहित प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको छ । अमरगढीमा कांग्रेसका डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन् । प्रमुखमा जोशीले तीन हजार ६१९ र उपप्रमुखमा झुकालले तीन हजार ६७८ मत ल्याई विजयी भएका हुन् । अमरगढीमा नौ हजार ७९२ मत खसेको थियो ।

त्यसैगरी जिल्लाको भागेश्वर गाउँपालिकामा पनि नेपाली कांग्रेसकै हेमराज चटौत र पुष्पा ठकुराठी क्रमशः अध्यक्ष र उपाध्यक्षमा विजयी भए । भागेश्वर गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमराज चटौत दुई हजार ३११ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार रामबहादुर शाहीलाई एक हजार २३३ मतान्तरले पराजित गरे ।

पराजित रामबहादुर शाहीले एक हजार ७८ मत ल्याए भने उपाध्यक्षमा पुष्पा ठकुराठीले दुई हजार ३४८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका गीता भट्टले ८३२ मत ल्याएका छन् । भागेश्वरमा कांग्रेसले चार वडासहित पालिकामा छन् । 

त्यसैगरी गन्यापधुरा गाउपालिकामा पनि चार वडासहित अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका इन्द्र कार्की र ज्ञानु सेठी विजयी भए । नवदुर्गा गाउँपालिकामा पनि कांग्रेसले दुई वडासहित अध्यक्ष उपाध्यक्षमा लक्ष्मीप्रसाद अवस्थी र निर्मला विष्ट बोगटीले जित हासिल गरेका छन् । 

अजयमेरु गाउँपालिकामा नेकपा माओवादीका उमेशप्रसाद भट्ट विजयी भए । भट्ट दोस्रो कार्याकालका लागि पुनः विजयी भएका छन् । अजयमेरु गाउँपालिकाका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार उमेशप्रसाद भट्ट दुई हजार ४६९ मत ल्याई विजयी भएका हुन् । 

उपाध्यक्षमा भने कांग्रेसका उम्मेदवार वसन्ती पालले दुई हजार ५६५ मतसहित विजयी भएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ४ : ४५ बजे

उम्मेदवारको बन्दसूचीप्रति तोसिमाको कडा टिप्पणी : ‘प्राइमरी भोटिङकै धज्जी उडाइयो’ 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेत्री तोसिमा कार्कीले पार्टीका

विश्व बैंकको सहयोगमा मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

बागलुङ– विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

सुनसरी– सुनसरीमा शीतलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको

उद्योग वाणिज्य महासङ्घले आज सर्वपक्षीय राष्ट्रिय संवाद गर्दै

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसीसीआई) ले देशको अर्थतन्त्र उकास्ने

आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस मनाइँदै

काठमाडौं– आज राष्ट्रिय एकता तथा मेलमिलाप दिवस विभिन्न कार्यक्रमको आयोजना