जुम्लाका २३ वडामा नेपाली कांग्रेस विजयी  | Khabarhub Khabarhub

जुम्लाका २३ वडामा नेपाली कांग्रेस विजयी 


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– स्थानीय तह निर्वाचनमा जुम्लाका २३ वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । आठ स्थानीय तहका ६० वडामध्ये पछिल्लो मत परिणामअनुसार २३ वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएको हो ।

चन्दननाथ नगरपालिका-१ वडामा कांग्रेसका तिलकप्रसाद न्यौपाने वडाध्यक्षमा निर्वाचित भएका छन् । उनले तीन सय चार मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादी केन्द्रका राजबहादुर झाँक्री दुई सय ४५ मत प्राप्त गरी पराजय भएका हुन् । सोही नगरपालिका–२ वडामा कांग्रेसका हेमबहादुर बुढ्थापा वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले दुई सय तीन मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी माओवादीका गगनबहादुर भण्डारीले एक सय ६६ मत प्राप्त गरेका हुन् ।

गुठीचौर गाउँपालिका–१ मा कांग्रेसका अर्जुनकुमार महतारा वडाध्यक्षमा निर्वाचित भएका छन् । पातारासी गाउँपालिका –२ मा कांग्रेसका बलबहादुर बोहरा निर्वाचित भएका छन् । उनले चार सय ३४ मत ल्याएर वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका कन्न बोहराले चार सय ३२ मत प्राप्त गरी दुई मतले पराजित भएका हुन् ।

सोही गाउँपालिका–५ मा कांग्रेसका दत्तबहादुर बूढा निर्वाचित भएका छन् । उनले तीन सय ७० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी माओवादीका टेकबहादुर बुढाले तीन सय २४ मत प्राप्त गरेका हुन् । वडा नम्बर ६ मा कांग्रेसका कर्मबहादुर विष्ट निर्वाचित भएका छन् । उनले तीन सय २२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी एमालेका सिंगबहादुर विष्ट एक सय ८६ मत प्राप्त गरी पराजय गरेका छन् ।

कनकासुन्दरी गाउँपालिका-१ मा पनि कांग्रेसका उम्मेदवार विजयी भएका छन् । कांग्रेसका भैरवबहादुर बुढा ६ सय ३० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका भक्तबहादुर बुढाले चार सय ९६ मत प्राप्त गरी पराजय भएका हुन् ।

चन्दननाथ नगरपालिका–४ वडामा कांग्रेसका नवराज देवकोटा वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनले दुई सय ७५ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका प्रत्यासी राप्रपाका श्रीकृष्ण बुढाले दुई सय १८ मत प्राप्त गरेका छन् । सोही नगरपालिका वडा नम्बर ६ मा कांग्रेसका रवी बहादुर थापा निर्वाचित भएका छन् । उनी तीन सय ६० मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । उनका प्रतिद्वन्द्वी समाजवादीका कृष्ण थापाले दुई सय ३९ मत प्राप्त गरेका छन् ।

सिंजा गाउँपालिका–१ वडामा कांग्रेसका हरिनन्द आचार्य निर्वाचित भएका छन् । उनले दुई सय ७२ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी माओवादीका धनडोमा तामाङ रोकायाले दुई ४० मत प्राप्त गरी पराजय भएकी छन् । सोही गाउँपालिका–५ वडामा कांग्रेसका कृष्णबहादुर रोकाया निर्वाचित भएका छन् । उनले तीन सय ५१ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका मोती दमाईले तीन सय ६ मत प्राप्त गरी पराजय भएका हुन् ।

हिमा गाउँपालिका–१ वडामा कांग्रेसका रतनबहादुर शाही निर्वाचित भएका छन् । उनले तीन सय २८ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका राजेन्द्रप्रसाद आचार्यले दुई सय २८ मत प्राप्त गरी पराजय भोगेका हुन् । सोही गाउँपालिका–५ वडामा कांग्रेसका कालो शाही निर्वाचित भएका छन् । उनी दुई सय ५१ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी स्वतन्त्र उम्मेदवार दलजित शाहीले एक सय ७६ मत प्राप्त गरेको निर्वाचित अधिकृतको कार्यालयले जनाएको छ । हिमा गाउँपालिका–६ वडामा कांग्रेसका उपराज अधिकारी निर्वाचित भएका छन् । उनले दुई सय ७९ मत प्राप्त गरी वडाध्यक्षमा निर्वाचित भएका छन् । उनका प्रत्यासी माओवादीका वीर तिरुवाले दुई सय २७ मत प्राप्त गरेका हुन् ।

 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ३ : ४५ बजे

‘बजरंगी भाईजान– २’ को तयारीमा कबीर र सलमान

काठमाडौं– बलिउड नायक सलमान खानको मुख्य भूमिका रहेको ब्लकबस्टर फिल्म

विधायन व्यवस्थापनसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा संसदीय समितिका बैठक बस्दैछन्

एमाले सचिवालय बैठक बस्दै, विधान महाधिवेशनबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ । बैठक

दीप्तिको सानदार पारीले शृङ्खलामा भारतलाई अग्रता

काठमाडौं – भारतीय महिला टोलीले इंग्ल्यान्डसँगको पहिलो एक दिवसीय खेलमा