स्थानीय तह निर्वाचनपछिकाे पहिलाे कारोबार दिन : सेयर बजार ८४ अंकले गिरावट « Khabarhub

स्थानीय तह निर्वाचनपछिकाे पहिलाे कारोबार दिन : सेयर बजार ८४ अंकले गिरावट


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्थानीय तह निर्वाचनपछिकाे पहिलाे काराेबार दिन सेयर बजार नेप्सेमा एकै दिन ८४ अंकले गिरावट आएको छ । मंगलबार अधिकांश कम्पनीहरूले नोक्सानी व्यहोरेका छन् ।

मंगलबार नेप्से ८३ दशमलब ६१ अंकले घटेर नेप्से परिसूचक २२ सय ६५ दशमलब ५२ अंकमा पुगेर बन्द भएको छ । बिहान २३ सय ५० अंकबाट खुलेको बजार लगातार घटेर २२ सय ६५ अंकमा पुगेर बन्द भयाे ।

नेप्सेको सेन्सेटिभ इन्डेक्स १५ दशमलव २८ अंकले घटेर चार सय ३८ दशलमव ६८ अंकमा पुगेको छ । घटेको बजारमा ३५ लाख ९५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६४ करोड ४० लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

अघिल्लो साता आइतबारदेखि बुधबारसम्ममा नेप्से एक सय ३० अंकले बढेको थियो भने बिहीबार १८ अंकले घटेको थियो । स्थानीय तह चुनावसँगै बजार उकालो लाग्ने अपेक्षा गरिए पनि पहिलो दिननै बजारमा ठूलो गिरावटपछि लगानीकर्ता निरास बनेका छन् । नेप्सेमा मंगलबार सूचिकृत २२१ कम्पनीको सेयर कारोबार भएकोमा अधिकांश कम्पनीले घाटा बेहोर्नु परेको छ ।

मंगलबार नेप्सेमा २०९ कम्पनीको सेयरधनीले गुमाएका छन् भने आठ कम्पनीका सेयरधनीले केही नाफा कमाउँदा चार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको नकारात्मक सर्किट लागेको छ । नकारात्मक सर्किट लाग्ने चार कम्पनीमा बुद्ध भूमि हाइड्रो पावर, लुम्बिनी जनरल इन्सुरेन्स वोमी माइक्रोफाइनान्स र युनाइटेड इन्सुरेन्स कम्पनी रहेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ५ : १९ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका