मकवानपुरको राक्सिराङमा कांग्रेसका मल्ल विजयी « Khabarhub

मकवानपुरको राक्सिराङमा कांग्रेसका मल्ल विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकाको अध्यक्ष पदमा नेपाली कांग्रेसका राजकुमार मल्ल विजयी भएका छन् । 

जिल्लाकै विकट गाउँपालिकाको रूपमा रहेको राक्सिराङमा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका मल्ल विजयी भएका हुन् । 

मल्लले आफ्नो निकटतम् प्रतिस्पर्धीलाई ९०९ मतान्तरले पराजित गर्दै दोस्रो कार्यकालको लागि विजयी भएका हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि मल्ल नेपाली कांग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । मल्लले ५ हजार ४८१ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बाबुलाल स्याङ्तानले ४ हजार ५७२ मत प्राप्त गरे ।

त्यसैगरी उपप्रमुखमा नेकपा माओवादी केन्द्रका वनस्थम थिङ विजयी भएका छन् । उनले ४ हजार ८३९ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेकी सुन्तलीमाया प्रजाले ४ हजार १२९ मत प्राप्त गरिन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ७ : ३९ बजे

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु

जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा

जुम्ला– अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतमा जुम्लाका

श्रम संस्कृतिका सांसदको प्रश्न- हाम्रो एउटै प्रश्नले दुई तिहाइको प्रधानमन्त्री किन आत्तिनु ?

काठमाडौं- श्रम संस्कृति पार्टीको तर्फबाट निर्वाचित भोजपुरका सांसद धुर्वराज राई

कोशी प्रदेशसभाबाट एक विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान

पक्राउ परेकै दिन छुटे काठमाडौंका तत्कालीन प्रजिअ रिजाल

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा