झलनाथको निर्वाचन क्षेत्रमा गठबन्धनलाई हराउँदै एमालेका थेबेले बने गाउँपालिका अध्यक्ष « Khabarhub

झलनाथको निर्वाचन क्षेत्रमा गठबन्धनलाई हराउँदै एमालेका थेबेले बने गाउँपालिका अध्यक्ष


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम- नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता पूर्व प्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने इलामको माइजोगमाई गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार पालिका अध्यक्षमा निर्वाचित भएका छन् । 

सत्तारुढ गठबन्धनका उम्मेदवार जीत बहादुर राईलाई पराजित गर्दै एमालेका उम्मेदवार कुशबहादुर थेबे गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । गठबन्धन दलहरूको तर्फबाट माइजोगमाई गाउँपालिकामा नेकपा एकीकृत समाजवादीका जीत बहादुर राई उम्मेदवार बनेका थिए । 

थेबेले पाँच हजार १५३ मत प्राप्त गर्दा राईले चार हजार ९१३ मत पाएका छन् । राईले २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट उम्मेदवार बनेर गाउँपालिका अध्यक्ष जितेका थिए । एमाले विभाजन पछि उनी नेकपा एसमा लागेका थिए । 

उपाध्यक्षमा भने गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली काँग्रेसकी प्रविना राई निर्वाचित भएकी छिन् । उनले एमालेकी उम्मेदवार सावित्रा भट्टराईलाई पराजित गरिन् । राईले पाँच हजार १५९ मत पाउँदा भट्टराईले भने चार हजार ८८३ मत पाएकी छिन् । भट्टराईले पहिलो स्थानीय तहको निर्वाचनमा एमालेबाट उपाध्यक्ष जितेकी थिइन् ।

माइजोगमाई गाउँपालिका ६ को वडाध्यक्षमा नेकपा एमालेका दीपेश सोङ्मी लिम्बु निर्वाचित भएका छन् । उनले ७५० मत पाउँदा काँग्रेसका भोगेन्द्र थेवेले ६८१ मत पाएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ८ : ०८ बजे

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु

जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा

जुम्ला– अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतमा जुम्लाका

श्रम संस्कृतिका सांसदको प्रश्न- हाम्रो एउटै प्रश्नले दुई तिहाइको प्रधानमन्त्री किन आत्तिनु ?

काठमाडौं- श्रम संस्कृति पार्टीको तर्फबाट निर्वाचित भोजपुरका सांसद धुर्वराज राई

कोशी प्रदेशसभाबाट एक विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान

पक्राउ परेकै दिन छुटे काठमाडौंका तत्कालीन प्रजिअ रिजाल

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा