विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित) | Khabarhub Khabarhub

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम (अडियोसहित)


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 6 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज जेठ ३, २०७९ या अंग्रेजी क्यालेन्डर अनुसार मे १७, २०२२। तपाईंले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् :

मारिउपोलको स्टिल कारखानाबाट युक्रेनी सैनिकको उद्धार

युक्रेनले मारिउपोल सहरको एजोभस्टाल स्टिल कारखानामा दुई महिनाभन्दा बढी समयदेखि फसेका आफ्ना सयौँ सैनिकहरूलाई बाहिर निकालेको पुष्टि गरेको छ ।

घाइते ५३ जना सैनिकलाई रुस समर्थित विद्रोहीको कब्जामा रहेको नोभोआजोभस्क सहरमा लगिएको र उनीहरूको उपचार भइरहेको युक्रेनी उप रक्षामन्त्री हन्ना मलियारल बताइन् । अरु २११ लाई मानवीय कोरिडोर प्रयोग गरेर विद्रोही नियन्त्रित अर्को सहर ओलेनिभका पठाइएको उनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घाइते सैनिकहरूलाई त्यहाँबाट बाहिर निकाल्न रुससँग सम्झौता भएको रुसले यसअघि बताएको थियो । घेराबन्दी गरिएको कारखानामा लुकेका युक्रेनी सैनिकहरू बोकेका करिब एक दर्जन बसहरू सोमबार साँझ दक्षिणी बन्दरगाह सहरको विशाल औद्योगिक क्षेत्रबाट बाहिर निस्किएको रोयटर्सले जनाएको छ । 

घाइते युक्रेनी सैनिकहरूलाई कारखानाबाट बाहिर निकालिएको भिडियो फुटेज रूसी सञ्चार माध्यमहरूले पनि पोस्ट गरेका छन्  । आफ्ना सैनिकहरू रिहा भएपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार राति युक्रेनी सेना, गुप्तचर निकाय, वार्ताकार टोली, रेडक्रस र राष्ट्रसंघका प्रतिनिधिलाई सम्बोधन गरेका थिए । 

कारखानामा फसिरहेका बाँकी केही सैनिकहरूलाई बाहिर निकाल्नका थप पहल भइरहेको उप रक्षामन्त्री मलियारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । एजोभस्टाल कारखानामा अरु ६ सय युक्रेनी सैनिकहरू रहेको बताइएको छ । आफ्ना सबै सैनिकलाई बाहिर निकालेसँगै युक्रेनले उक्त कारखाना रुसको नियन्त्रणमा जान दिने अपेक्षा गरिएको छ । यससँगै एजोभस्टालबाट युक्रेनी सैनिकहरूको बहिर्गमनलाई रुसले युक्रेनमा जारी आक्रमणको सबैभन्दा लामो र कठिन युद्ध जितेको अर्थमा लिइएको रोयटर्सले जनाएको छ ।

‘मारिउपोलमा रहेको छाउनीले लड्ने अभियान पूरा गरेको छ ।’ युक्रेनी सेनाको विज्ञप्ति उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

उत्तर कोरियामा ‘ज्वरो’ बाट झण्डै १५ लाख बिरामी

उत्तर कोरियामा ‘ज्वरो’ बाट पीडित व्यक्तिहरूको संख्या १४ लाख ८० हजार पुगेको छ । उत्तर कोरियाको आधिकारिक समाचार संस्था केसीएनएले जनाएअनुसार त्यहाँ सोमबार मात्रै २ लाख ६९ हजार नयाँ बिरामी फेला परेका छन् ।

केसीएनएका अनुसार तीमध्ये १ लाख ७० हजार ४६० जना निको भएका छन् भने छ जनाको मृत्यु भएको छ । 

अप्रिलको अन्त्यमा देशमा ‘ज्वरो’ को प्रकोप देखिएपछि अहिलेसम्म ८ लाख १९ हजारभन्दा बढी ज्वरो आएका व्यक्ति निको भइसकेको जनाइएको छ । अरु ६ लाख ६३ हजार ९०० भन्दा बढी उपचाररत छन् । त्यस्तै मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

मङ्गलबारको अर्को समाचारमा केसिएनएले औषधिको आपूर्ति सुनिश्चित गर्न तत्काल कदम चालिएको र जनसेनाको सैन्य मेडिकल फोर्स सोमबार प्योङयाङका सबै फार्मेसीहरूमा तैनाथ गरिएको जनाएको छ ।

यसका साथै केसीएनएले २४ घण्टे सेवा प्रणाली अन्तर्गत औषधि आपूर्ति गर्न थालेको समेत बताएको छ । केन्द्रीय आपतकालीन महामारी रोकथाम निकायले यो रोगबाट निको भएका व्यक्तिहरूमा पुनः सङ्क्रमण हुन नदिन महामारीको फैलावट रोक्न र सङ्क्रमणको नियन्त्रण प्रयास गरेको जनाएको छ । साथै देशभरका औषधि कारखाना र चिकित्सा उपकरण कारखानाहरूले अत्यावश्यक आवश्यकतामा औषधि र स्वास्थ्य सामग्रीको उत्पादन बढाएका छन् । प्योङयाङले गत साताको बिहीबार आफ्नो मुलुकमा पहिलो पटक कोरोना भाइरस संक्रमणको पुष्टि गर्दै देशव्यापी लकडाउन घोषणा गरेको छ ।

मुलुकमा आर्थिक संकट अझ खराब बन्दै जाने श्रीलंकाली प्रधानमन्त्रीको संकेत स्वतन्त्रता पाएयताकै सबैभन्दा नराम्रो आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा पेट्रोलको हाहाकार हुने अवस्थामा पुगेको छ । नयाँ प्रधानमन्त्री रनिल विक्रमासिंघले यस्तो संकेत गरेका हुन् । अमेरिकी टेलिभिजन च्यानल सीनएनएनको अनलाइन संस्करणले जनाएअनुसार उनले श्रीलंकामा एक दिनका लागि मात्र पेट्रोलको सञ्चिति रहेको बताएका छन् ।

एउटा टेलिभिजन सम्बोधनमा प्रधानमन्त्री विक्रमासिंघले आधारभूत सामाग्रीको आयातका लागि भुक्तानी गर्न देशलाई तत्काल ७.५ करोड डलर विदेशी मुद्रा आवश्यक भएको उनले बताए ।  सरकारले तलब दिन केन्द्रिय बैंकले पैसा छाप्नुपर्ने अवस्था रहेको उनले बताए । राज्यको स्वामित्वमा रहेको श्रीलंकाली एयरलाइन्स पनि निजिकरण गरिने उनले जानकारी दिएको सीएनएनले जनाएको छ । महामारी, बढ्दो मूल्य वृद्धि र कर कटौतीका कारण देशको अर्थतन्त्र नराम्रोसँग प्रभावित भएको बताइन्छ । 

विदेशी मुद्राको दीर्घकालीन अभाव र बढ्दो मुद्रास्फीतिका कारण औषधि, इन्धन र अन्य अत्यावश्यक वस्तुको चरम अभाव भएको छ ।

 चरम आर्थिक संकटसँग श्रीलंकामा राजनीतिक संकट पनि देखा परेको छ ।

श्रीलंकामा आर्थिक संकटको समाधान गर्न नसकेको भन्दै हिंसात्मक सरकार विरोधी प्रदर्शनहरू हुँदै आएका छन् । यसैबीच, विक्रमासिंघेले आफ्नो मुलुकका लागि अहिले कठिन समय रहेको बताएका छन् ।उनले देशको आर्थिक अवस्था केही महिनादेखि नै सङ्कटपूर्ण रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्ने बताएका हुन् ।

उनले एक सन्देश जारी गर्दै भनेका छन्– यतिखेर देश निकै नै कठिन अवस्थामा छ, हामी सबैले यस्तो अवस्थामा मिलेर काम गर्नुपर्ने छ ।’ श्रीलंका यतिबेला आर्थिक तथा राजनीतिक सङ्कटमा फसेको छ ।तर, राजनीतिक सङ्कटका समयमा पनि सरकार विरोधी आन्दोलन भने जारी नै रहेको छ । यसअघि श्रीलंकामा सोमबारदेखि नौ घण्टे कर्फ्यु आदेश जारी गरिएको थियो ।सरकारले सोमबार बेलुका ८ बजेदेखि बिहान ५ बजेसम्मका लागि कर्फ्यु घोषणा गरेको हो । विभिन्न आरोपमा झण्डै २०० मानिसलाई पक्राउ गरेको भोलिपल्ट सरकारले कर्फ्यु आदेश जारी गरेको हो ।

विषेश गरेर आर्थिक संकट बढेपछि महँगी र अभाव पनि बढेको थियो र यसकारण आम नागरिक सरकारको विरोधमा प्रदर्शनमा उत्रेका थिए ।केही दिनअघि राष्ट्रपति गोटाबाया राजपाक्षले आफ्ना दाजु महिन्दा राजपाक्षेले पदबाट राजीनामा दिएपछि रनिल विक्रमासिंघेलाई प्रधानमन्त्री नियुक्त गरेका थिए ।

नवनियुक्त प्रधानमन्त्री विक्रमासिंघेले चाँडै नै मुलुकको आर्थिक तथा राजनीतिक संकट समाधानको खाका तयार पार्ने अठोट व्यक्त गरेका छन् ।

म्याकडोनल्ड्सले रुसमा आफ्नो व्यापार सधैँका लागि बन्द गर्ने

अमेरिकी फास्ट फुड कम्पनी म्याकडोनल्ड्सले रुसमा आफ्नो व्यापार सधैँका लागि बन्द गरेको घोषणा गरेको छ ।

कम्पनीलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार युक्रेन युद्धका कारण सिर्जित ‘मानवीय संकट’ तथा ‘अनपेक्षित काम गर्ने वातावरण’ का यस्तो निर्णय लिइएको हो । यसअघि गत मार्च महिनामा कम्पनीले छोटो समयका लागि भन्दै ८५० वितरण केन्द्र बन्द गरेको जनाएको थियो ।

‘यो निकै जटिल विषय हो यति ठूलो परिणामसहित यसअघि यस्तो कहिल्यै भएको थिएन’ कम्पनीका प्रमुख कार्यकारी क्रिस कम्पस्जिन्स्कीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । म्याकडोनल्ड्सले अब आफ्ना सबै व्यापारिक संरचनालाई स्थानीय खरिदकर्तालाई बेच्ने जनाएको छ । यद्यपि कम्पनीले रुसमा आफ्नो ट्रेडमार्क भने सुरक्षित राख्नेछ । कम्पनीले रुसमा कार्यरत आफ्ना ६२ हजार कामदारको भविष्यप्रति ढुक्क हुन चाहेको जनाएको छ । यसका लागि केही बिक्री नहुन्जेलसम्म पारिश्रमिक दिइरहने कम्पनीले जनाएको छ ।

यसबाहेक सम्भावित खरिदकर्ताले ती कामदारहरूको भविष्यको रोजगारीको व्यवस्था गर्नका लागि पहल गर्ने समेत म्याकडोनल्ड्सले जनाएको छ ।म्याकडोनल्ड्स कम्पनीले ३० वर्षदेखि लगातार रुसमा व्यापार गर्दै आएको थियो । सर्वप्रथम तत्कालीन सोभियत संघको राजधानी मस्कोमा सन् १९९० मा स्थापित म्याकडोनल्ड्सले शीत युद्धमा सांकेतिक छाप छाडेको बताइन्छ । त्यसको एक वर्षपछि सोभियत संघ विघटन हुन पुगेको थियो । केही समयअघि मात्र रुसले फ्रान्सेली कार कम्पनी रेनोलाई राष्ट्रियकरण गर्ने घोषणा गरेको थियो ।

म्याकडोनल्ड्सले पनि रुसमा आफ्ना व्यापार सधैँका लागि बन्द गर्ने घोषणालाई निकै चासोपूर्वक हेरिएको छ ।

साउदी अरबमा सातामा दुई दिन बिदा दिने तयारी

साउदी अरबले सबै निजी क्षेत्रका कामदारलाई हप्तामा दुई दिन बिदा दिने बारे छलफल भैरहेको जनाएको छ ।

साउदीको मानव संसाधन तथा सामाजिक विकास मन्त्रालयले निजी क्षेत्रका सबै कामदारका लागि साप्ताहिक बिदा दुई दिन पुर्‍याउन काम गर्ने समयसँग सम्बन्धित श्रम कानूनको धारामा संशोधन गर्ने सम्भावनाबारे अध्ययन गरिरहेको जनाएको हो ।श्रम बजारको हितमा काम गर्ने सबै उपायहरू गर्न मन्त्रालय इच्छुक छ’ मन्त्रालयका प्रवक्ता साद अल–हम्मादले भनेका छन् । निजी क्षेत्रका सबै वर्गका श्रमिकका लागि साप्ताहिक बिदा दुई दिन लागू गर्नुपर्ने माग रहेको उनले बताए ।

अल–हम्मदका अनुसार मन्त्रालयले पहिले श्रम कानूनमा प्रस्तावित संशोधनहरूमा काम गरेको थियो र यसलाई जनमत सर्वेक्षण प्लेटफर्ममार्फत प्रतिक्रियाको लागि अगाडि राखेको थियो।‘कामको समय घटाउने गरी साउदीवासीलाई रोजगारी बजारमा आकर्षित गर्नका लागि ठोस् निर्णय गर्नुपर्छ भन्ने बारम्बार माग भैरहेको छ’ उनले थपे, ‘सम्बन्धित घटनाक्रमहरू आधिकारिक वेबसाइट र सामाजिक सञ्जालमार्फत प्रकाशित गरिनेछ।’उनका कानूनी सल्लाहकार खोलाउद अल–अहमदीका अनुसार श्रम कानूनको धारा ९८ ले श्रमिकलाई वास्तवमा प्रति दिन आठ घण्टा भन्दा बढी काम गर्न अनुमति छैन भनेर पुष्टि गरेको छ।

रमजानको समयमा वास्तविक कामको घण्टा घटाइन्छ, किनकि यो दिन छ घण्टा भन्दा बढी हुँदैन। श्रम कानूनको धारा ९९ ले स्पष्ट रूपमा देखाएको छ– ‘कानूनको धारा ९८ मा तोकिएको कामको घण्टा केही वर्गका कामदारहरूको लागि वा केही उद्योग र कामहरूमा कामदारले काम नगर्ने कामहरूमा प्रति दिन नौ घण्टासम्म बढाउन सकिनेछ ।’

केही उद्योग र कामहरूमा खतरनाक वा हानिकारक हुने कामका लागि प्रतिदिन सात घण्टासम्म घटाउन सकिने अहमदीलाई उद्धत गर्दै साउदी गजेटले जनाएको छ । 

क्युबामाथि नरम बन्दै अमेरिका

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले क्युबामाथि लगाएको कठोर प्रतिबन्ध सहज पार्ने अमेरिकी अधिकारीहरूले बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको प्रशासनले स्वीकृत गरेको नयाँ कदममा पारिवारिक रेमिट्यान्स र क्युबा भ्रमणमा लागेको प्रतिबन्ध सहज बनाइने छ । क्युबाली नागरिकका लागि अमेरिकी भिसा प्रक्रिया पनि तीब्र पारिने अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । यस कदमले क्युबाली नागरिकहरूलाई ‘सरकारी दमन’ बाट मुक्त जीवन बिताउन अनुमति दिने विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि पूर्व राष्ट्रपति बाराक ओबामा प्रशासनले क्युबामाथि गरेको खुकुलोलाई कडाइ गर्दै सन् २०१७ मा तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले क्युबामाथि प्रतिबन्ध लगाएको हो ।  ट्रम्प प्रशासनले भिसा प्रक्रियामा कटौती, रेमिट्यान्समा प्रतिबन्ध  र अमेरिकी नागरिकहरूलाई पारिवारिक भ्रमणबाहेक अन्य कुनै कारणले क्युबा जान रोक लगाइएको थियो ।

तर, बाइडेन प्रशासनको कदमलाई क्युबाले स्वागत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तालिबानद्वारा अफगानिस्तानको मानव अधिकार आयोग विघटन

अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले त्यहाँको मानव अधिकार आयोगलाई विघटन गरिदिएको छ ।

अफगानिस्तानमा मानवअधिकारको गम्भीर अवस्थाको बारेमा बढ्दो चिन्ताको बीचमा तालिवानले मानव अधिकार आयोगलाई विघटन गरेको हो । अधिकारकर्मीहरूले यस निर्णयको निन्दा गरेका छन् । ‘मानव अधिकार आयोग भएको अफगानिस्तानको सम्झना गरौँ । यो पूर्ण थिएन… यी संस्थाहरू कहिल्यै (पूर्णं) छैनन्… तर कतै जान, मद्दत माग्न र न्यायको माग गर्न यो धेरै महत्त्वपूर्ण छ । देश यसरी नै पछाडि जान्छ’ ह्युमन राइट्स वाचमा एसोसिएट महिला अधिकार निर्देशक र पूर्व वरिष्ठ अफगानिस्तान अनुसन्धानकर्ता हेदर बारले भने ।

‘ग्लोबल एलायन्स अफ नेशनल ह्युमन राइट्स इन्स्टिच्युसनमा यसअघि अप्रिलमा १२० सदस्य राष्ट्रहरू थिए तर उनीहरूले अब अफगानिस्तानलाई हटाउन आवश्यक छ’ उनले थपे ।यो बैठक अफगानिस्तानलाई असर गर्ने विभिन्न मुद्दाहरूको पृष्ठभूमिमा भएको हो । पछिल्ला केही हप्ताहरूमा दर्जनौं देशहरूले अफगानिस्तानमा महिला र बालिकाहरूको मानवअधिकारमा बढ्दै गएको प्रतिबन्धप्रति गहिरो निराशा व्यक्त गरेका छन् ।

गत साता विश्वका सबैभन्दा ठूला ७ अर्थतन्त्रहरूको समूह जी ७ का विदेश मन्त्रीहरूले अफगानिस्तानमा महिलाहरूले सार्वजनिक स्थलमा अनुहार छोप्नुपर्ने नियम लागू गर्ने तालिबानको हालैको आदेशको निन्दा गरेका थिए ।उनीहरूले समाजमा पूर्ण, समान रूपमा र अर्थपूर्ण रूपमा सहभागी हुन आधा जनसङ्ख्याको क्षमतालाई गम्भीर रूपमा सीमित गर्ने बढ्दो प्रतिबन्धात्मक उपायहरू लागू गर्ने निर्णयको निन्दा गरेका थिए ।

‘हामी, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र संयुक्त राज्य अमेरिकाका जी ७ का विदेश मन्त्रीहरू र युरोपेली संघका उच्च प्रतिनिधिहरूले कडा विरोध व्यक्त गर्दछौँ र अधिकारहरूमा लगाइएको बढ्दो प्रतिबन्धहरूको निन्दा गर्दछौँ ।’ जी ७ देशहरूले भनेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ८ : १९ बजे

नेदरल्याण्ड्ससँग नेपाल तेस्रो सुपर ओभरमा पराजित

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिज अन्तरगतको खेलमा नेपाल

नेपाल र नेदरल्याण्ड्सबीच दोस्रो सुपर ओभरमा पनि बराबरी

काठमाडौं – स्कटल्यान्डमा जारी टी–२०अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजमा नेपाल र नेदरल्याण्ड्सबीचको

नेपाल र नेदरल्यान्ड्सबीचको खेल सुपरओभरमा

काठमाडौं – स्कटल्यान्डमा जारी टी-२० अन्तरराष्ट्रिय त्रिकोणात्मक सिरिजअन्तर्गत नेपाल र

प्रधानमन्त्री ओलीको स्पेन भ्रमण मन्त्रिपरिषद्बाट स्वीकृत

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणलाई मन्त्रिपरिषद् बैठकले

मलामी गएका किशोरको डुबेर मृत्यु

दैलेख – मलामी गएका गुराँस गाउँपालिका–४ रिठाका ११ वर्षीय कमल