सुर्खेतको चिंगाड गाउँपालिकामा एमाले विजयी « Khabarhub

सुर्खेतको चिंगाड गाउँपालिकामा एमाले विजयी


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली : सुर्खेतको चिंगाड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार अध्यक्ष पदमा नेपाली कांग्रेसका डोरप्रसाद शर्मालाई ६१ अन्तरले पराजित गर्दै एमालेका बोधविक्रम जिसी विजयी भएका हुन् ।

अन्तिम मतपरिणामअनुसार जिसीले तीन हजार ५९१ र शर्माले तीन हजार ५३० मत प्राप्त गरे । उपाध्यक्ष पदमा एमालेकै मीनाकुमारी रोकाया विजयी भएकी छिन् । उनले तीन हजार ५८१ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी मनमाया आचार्यले तीन हजार ४६९ मत प्राप्त गरे । मनमाया निवर्तमान उपाध्यक्ष थिइन् । 

वडामध्ये एमाले र कांग्रेसले तीन/तीन वडामा जित हासिल गरेका छन् । एमालेले वडा नं १, ४ र ५ तथा कांग्रेसले वडा नं २, ३ र ६ मा वडाध्यक्ष जितेका छन् । सुर्खेतका नौ स्थानीय तहमध्ये सबैभन्दा पहिला मत परिणाम सार्वजनिक भएको यो पहिलो गाउँपालिका हो । 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ९ : ०४ बजे

ट्याक्टर दुर्घटनामा बालकको मृत्यु

डुम्रे– तनहुँको देवघाट गाउँपालिका–४ काफलडाँडामा ट्याक्टर दुर्घटनामा परी बालकको मृत्यु

जुम्लाका आठ स्थानीय तहका १२६ उजुरी अख्तियारमा

जुम्ला– अख्तियार दुरुपयोग अनुसन्धान आयोग कर्णाली प्रदेश कार्यालय सुर्खेतमा जुम्लाका

श्रम संस्कृतिका सांसदको प्रश्न- हाम्रो एउटै प्रश्नले दुई तिहाइको प्रधानमन्त्री किन आत्तिनु ?

काठमाडौं- श्रम संस्कृति पार्टीको तर्फबाट निर्वाचित भोजपुरका सांसद धुर्वराज राई

कोशी प्रदेशसभाबाट एक विधेयक सर्वसम्मतिले पारित

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान

पक्राउ परेकै दिन छुटे काठमाडौंका तत्कालीन प्रजिअ रिजाल

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा